खेलकुद · नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · समाचार

सप्तरीको धाती बजारमा नवनिर्मित खेलकुद रंगशालाको पूर्वमन्त्री चौधरीद्वारा उद्घाटन

शम्भु चौधरी लहान ३० कार्तिक । सप्तरीको सुरूङ्गा नगरपालिका–८ धाती बजारमा निर्माण गरिएको खेलकुद रंगशालाको सोमबार उद्घाटन गरिएको छ। नवनिर्मित रंगशालाको उद्घाटन पूर्व खेलकुदमन्त्री तेजुलाल चौधरीले एक कार्यक्रमबीच गरेका हुन्।

स्थानीय क्षेत्रमा खेलकुदको विकास, खेलाडीको प्रतिभा पहिचान तथा नयाँ पुस्तालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले निर्माण गरिएको रंगशालाले यस क्षेत्रको खेलकुद गतिविधिलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

रंगशाला निर्माण कार्यको लागी संघिय बजेट तिन करोड विनियोजित गरिएको थियो । निर्माण कार्यको जिम्मा सुर्यकुण्ड ईन्जिनियरिंगस एण्ड विल्डर्स प्रा लि काठमाडौले लिएको सुरुगा नगरपालिकाका नगर प्रमुख गीता चौधरी बताईन । एक वर्षको निर्माण अवधि भए पनि ६ महिनामा निमाण कार्य सम्पन्न गरि स्थानिय निकायलाई हस्तातरन गरिएको प्रा लि का प्रोप्राईटर चन्देश्वर चौधरीले बताए । निर्माण कार्यको बजेट तिन करोड भए पनि रंगशाला निर्माणमा २ करोड ८ लाख खर्च भएको नगर प्रमुख चौधरीले बताईन ।

रंगशाला निर्माणसँगै स्थानीय युवाहरूलाई फुटबल लगायत विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ। यसले स्थानीयस्तरमा लुकेर रहेका खेल प्रतिभालाई उजागर गर्दै राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। धाती बजारमा रंगशाला सञ्चालनमा आएसँगै सुरूङ्गा नगरपालिका तथा आसपासका क्षेत्रका खेलाडीहरूलाई खेल अभ्यास र प्रतियोगिता सञ्चालनका लागि थप अवसर सिर्जना भएको छ।