शम्भु चौधरी ,लहान, ३० कार्तिक । लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले आफ्नो कार्यकालमा नगरभित्र सम्पन्न गरेका प्रमुख विकास निर्माण तथा जनहितका कार्यहरूको विवरण सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन्।
सम्मेलनमा मेयर चौधरीले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, पूर्वाधार, सामाजिक विकासलगायत विभिन्न क्षेत्रका उपलब्धिहरूबारे जानकारी गराएका थिए। उनले नगरपालिकाले सञ्चालन गरेका योजना, सम्पन्न भएका काम तथा आगामी प्राथमिकताका विषयमा समेत पत्रकारहरूसँग छलफल गरेका थिए।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले विकासका विभिन्न शीर्षकमा जिज्ञासा राख्दै प्रश्न तथा सुझाव प्रस्तुत गरेका थिए। मेयर चौधरीले पत्रकारका प्रश्नको जवाफ दिँदै नगरको समग्र विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए।
सम्मेलनमा नगर प्रमुख चौधरीले नगरपालिकाले आफ्नो कार्यकालमा विकास निर्माण तथा नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न योजना अघि बढाएको बताए । उनले नगरको समग्र विकास, पूर्वाधार विस्तार र जनताको आवश्यकता सम्बोधन गर्न प्राथमिकताका आधारमा योजनाहरू सञ्चालन भइरहेको बताए।
त्यसक्रममा नगरपालिकाले गरेका कामप्रति सञ्चारकर्मीले जिज्ञासा राख्दै विकास निर्माणको गुणस्तर, पारदर्शिता, बजेटको उपयोग,कार्य अनुगमन र योजनाको प्रभावकारिता बारे प्रश्न तथा सुझावसमेत राखेका थिए।
नगरपालिकाले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका विवरणले नगरको विकासको अवस्था, आगामी योजना र स्थानीय सरकारको कार्यसम्पादन बारे नागरिकलाई जानकारी गराउने अपेक्षा गरिएको छ।
