शम्भु चौधरी, लहान २४ कार्तिक । सप्तरीको खडक नगरपालिका–४, करमनियामा प्रथम करमनेश्वर हरियाली गोल्डकप २०८३ को मंगलबार नगर प्रमुख जयप्रकाश चौधरीले उद्घाटन गरिएको छ।
स्थानीय स्तरमा खेलकुदको विकास गर्ने, युवा प्रतिभालाई प्रोत्साहन गर्ने तथा खेलकुद मार्फत सामाजिक एकता कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको करमनेश्वर युवा क्लब खडक न पा ४ करमनियाका अध्यक्ष सुरेन्द्र प्रकाश चौधरीले बताए ।

प्रतियोगिताको उद्घाटनसँगै करमनियामा फुटबलको रौनक बढेको छ। गोल्डकपले स्थानीय तथा आसपासका क्षेत्रका खेलाडीलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास रहेको आयोजक समितिका अध्यक्ष चौधरीले बताए ।
प्रतियोगिताले युवालाई खेलकुदप्रति आकर्षित गर्नुका साथै स्थानीय स्तरबाटै प्रतिभावान खेलाडी उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यस्ता प्रतियोगिताले खेलकुदको विकास र स्थानीय पहिचान प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको नगर प्रमुख जयप्रकाश चौधरीले बताए । खेल र खेलाडी प्रति गर्नु पर्ने सहयोगमा नगरपालिका कहिले पनि पछि नहटने प्रमुख चौधरीले बताए ।

उदघाटन खेल राजविराज जुनियर एफ सि राजविराज सप्तरी र रियाल स्टार एफ सि सन्तनगर सिरहा विच भएको थियो । निधारित समयमा दुवै तर्फबाट गोल हुन नसक्दा खेल पेलान्टी सुटआउट मार्फत खेलाईएको थियो । प्रतियोगितामा जम्मा १० टिमले भाग लिएको आयोजक समितिका अध्यक्ष चौधरीले बताए ।
प्रथम करमनेश्वर हरियाली गोल्डकप २०८३ ले खेलप्रेमी दर्शकमा उत्साह थपेसंगै प्रथम हुने टिमलाई नगद रु ३१ हजार कप मेडल तथा प्रमाण् पत्र तथा दोस्रो हुने टिमलाई नगद रु २१ हजार कप मेडल तथा प्रमाण पत्र प्रदान गरिने अध्यक्ष चौधरीले बताए ।
उदद्धाटन समोहमा नगरपालिकाका उपप्रमुख रिता चौधरी, सम्बनिधत वडाका वडा अध्यक्ष गंगाराम चौधरी, जनप्रतिनिधि,संघ संस्थाका प्रतिनिधि लगायत अन्य व्यत्तित्वहरुको उपस्थिती रहेको थियो ।

