खेलकुद · नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · समाचार

लहान–२२ सिसवनीमा प्रथम भेट्रान फुटबल प्रतियोगिता सुरु, मेयर चौधरीद्वारा उद्घाटन

शम्भु चौधरी लहान १८ कार्तिक । लहान नगरपालिका–२२ सिसवनीमा प्रथम भेट्रान फुटबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले गरेका छन्।

खेलकुदको माध्यमबाट आपसी सद्भाव, एकता र भाइचारा कायम गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख चौधरीले खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्यलाई स्वस्थ राख्नुका साथै समाजमा सकारात्मक ऊर्जा र एकताको भावना विकास गर्ने बताए। उनले खेलकुद क्षेत्रको विकास तथा खेलाडीको प्रोत्साहनका लागि स्थानीय तहबाट आवश्यक सहयोग र साथ रहने प्रतिबद्धतासमेत व्यक्त गरे।

भेट्रान खेलाडीहरूलाई लक्षित गरी आयोजना गरिएको प्रतियोगिताले खेलप्रतिको रुचि र उत्साहलाई निरन्तरता दिनुका साथै नयाँ पुस्तालाई समेत खेलकुदप्रति आकर्षित गर्ने अपेक्षा गरिएको छ।

प्रतियोगितामा विभिन्न गरि जम्मा १० टिम सहभागिता रहको आयोजक समिकिा सदस्य निशान्त चौधरीले बबाए । उदघाटन खेल मिर्चैया युथ क्लब र उदयपुर युथ क्लब बिच भएको थियो ।