जिबनसैली · नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · समाचार · सौन्दर्य

लहानको १ र २ का सडक स्तरोन्नति कार्यको मेयर चौधरीद्वारा शिलान्यास

शम्भु चौधरी, लहान ६ असोज। लहान नगरपालिकाका ७ र ८ वडा अन्तर्गतका १ र २ सडक स्तरोन्नति निर्माण कार्यको आज एक कार्यक्रम बिच शिलान्यास गरिएको छ। लहान नगरपालिकाका मेयर प्रसाद महेश चौधरीले उक्त सडक स्तरोन्नति कार्यको शिलान्यास गरेका हुन्।
नगर क्षेत्रका सडकलाई व्यवस्थित, सुरक्षित, हराभरा, सौन्दर्य तथा आवागमनमा सहज बनाउने उद्देश्यले सुरु गरिएको उक्त योजनाको लागत १० करोड २३ लाख २१ हजार २ सय १८ रुपैयाँ ५४ पैसाको रकममा ठेक्का सम्झौता भएको जनाइएको छ।
सडक स्तरोन्नति भएपछि स्थानीयवासी लगायत बजार भरनेहरुको आवागमन सहज हुनुका साथै वर्षायाममा हुने सडकको समस्या समेत कम हुने अपेक्षा गरिएको छ। साथै, सडकको गुणस्तरीय निर्माणले स्थानीयस्तरमा यातायात तथा व्यापारिक गतिविधिलाई समेत थप सहज बनाउने विश्वास गरिएको छ।
शिलान्यास कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, निर्माण व्यवसायी, स्थानीयवासी तथा सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
नगरपालिकाले विकास निर्माणका कार्यलाई प्राथमिकतामा राख्दै आवश्यकताका आधारमा अन्य सडक तथा पूर्वाधारको स्तरोन्नति गर्दै जाने जनाएको छ।
निर्माण कार्य के एण्ड के जी ईनद्रेणी विश्वजीत जभि काठमाडौले गर्ने बताएका छन । निर्माण कार्यको अवधि २०८३ असोज १ देखि २०८४ असोज १ गरी जम्मा एक वर्षको अवधि रहने बताएका छन ।