शम्भु चौधरी, लहान १६ भदौ । रसुवा जिल्लामा भोटेकोशीबाट आएको विनाशकारी बाढीबाट प्रभावित पीडित परिवारहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाबाट रु. ५ लाख एकाउन्न हजार रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गर्नुभएको छ ।
नगर प्रमुख शिवशंकर महतोको पहलमा यस्तो सराहनिय निर्णय गरिएको हो ।
विपद्को घडीमा मानवीय सहयोगले धनगढीमाई नगरपालिकाको सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र सहयोगी भावनालाई थप उजागर गरेको छ ।
मानवीय सेवाभन्दा ठूलो धर्म अर्को छैन भन्दैै यस्तो पिडाको घडीमा मलम लगाउने निर्णय प्रति धनगढीमाई बासी खुशि व्यक्त गरेका छन । साथै यस सराहनीय कार्यका लागि धनगढीमाई नगरपालिकाको सम्पूर्ण कार्य पालिका परिवारप्रति हार्दिक आभार व्यक्त गरेका छन ।
सम्बन्धित खबर
भगवानपुर गाउँपालिकामा अध्यक्ष कप क्रिकेट प्रतियोगिता, लहानको शानदार जित
सर्लाहीको बाँकेमा ट्रक र इभी ठोक्किए, १२ जना घाइते
लहान १५ को नवनिर्मित वडा कार्यालय भवन नगरप्रमुख चौधरीद्वारा उद्घाटन
गोपाल सेवा समिति लहानको शुभकामना कार्यक्रम सम्पन्न
लहान ७ को नवनिर्मित वडा कार्यालय भवन नगरप्रमुख चौधरीद्वारा उद्घाटन
