नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · समाचार

बाढीबाट प्रभावितलाई धनगढीमाई न पा ले ५ लाख ५१ हजार सहयोग

शम्भु चौधरी, लहान १६ भदौ । रसुवा जिल्लामा भोटेकोशीबाट आएको विनाशकारी बाढीबाट प्रभावित पीडित परिवारहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाबाट रु. ५ लाख एकाउन्न हजार रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गर्नुभएको छ ।
नगर प्रमुख शिवशंकर महतोको पहलमा यस्तो सराहनिय निर्णय गरिएको हो ।
विपद्को घडीमा मानवीय सहयोगले धनगढीमाई नगरपालिकाको सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र सहयोगी भावनालाई थप उजागर गरेको छ ।
मानवीय सेवाभन्दा ठूलो धर्म अर्को छैन भन्दैै यस्तो पिडाको घडीमा मलम लगाउने निर्णय प्रति धनगढीमाई बासी खुशि व्यक्त गरेका छन । साथै यस सराहनीय कार्यका लागि धनगढीमाई नगरपालिकाको सम्पूर्ण कार्य पालिका परिवारप्रति हार्दिक आभार व्यक्त गरेका छन ।