शम्भु चौधरी, लहान १६ भदौ । रसुवा जिल्लामा भोटेकोशीबाट आएको विनाशकारी बाढीबाट प्रभावित पीडित परिवारहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाबाट रु. ५ लाख एकाउन्न हजार रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गर्नुभएको छ ।
नगर प्रमुख शिवशंकर महतोको पहलमा यस्तो सराहनिय निर्णय गरिएको हो ।
विपद्को घडीमा मानवीय सहयोगले धनगढीमाई नगरपालिकाको सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र सहयोगी भावनालाई थप उजागर गरेको छ ।
मानवीय सेवाभन्दा ठूलो धर्म अर्को छैन भन्दैै यस्तो पिडाको घडीमा मलम लगाउने निर्णय प्रति धनगढीमाई बासी खुशि व्यक्त गरेका छन । साथै यस सराहनीय कार्यका लागि धनगढीमाई नगरपालिकाको सम्पूर्ण कार्य पालिका परिवारप्रति हार्दिक आभार व्यक्त गरेका छन ।
सम्बन्धित खबर
ग्रामीण महिलाको आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास तथा स्वरोजगार प्रवर्द्धन लागी तीन दिने पुनर्ताजगी तालिम सञ्चालन
सुखीपुरमा १५ शैय्याको आधारभूत नगर अस्पताल सञ्चालन
लाइन्स क्लब अफ लहान सनसाइनद्वारा रक्तदान कार्यक्रम
बसपार्कमा इलाका प्रहरी कार्यालय कृष्णनगरको नागरिक सहायता कक्ष
लहान–१२ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
