Breaking News · नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · मुख्य समाचार · समाचार

रसुवा बाढीपीडितलाई सहयोग गर्न लहान नगरपालिकाको कार्यपालिकाबाट निर्णय

शम्भु चौधरी लहान ११ भदौ। रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि सहयोग जुटाउने उद्देश्यले लहान नगरपालिकाले आवश्यक पहल अघि बढाएको छ। यसैक्रममा नगर प्रमुख महेश प्रसाद चौधरीले बिहिबार दिउँसो ३ बजे नगर कार्यपालिकाको बैठक आह्वान गरेका छन्। बाढीका कारण प्रभावित तथा पीडित बनेका नागरिकलाई राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले लहान नगरपालिका नगर कार्यपालिकाले ११ लाख रकम सहयोग गर्ने बिहिबारै पत्रकार समेलन मार्फत जानकारी गराएका छन।
विपद्का बेला देशका विभिन्न क्षेत्रका नागरिकलाई सहयोग गर्नु स्थानीय सरकारको सामाजिक उत्तरदायित्व समेत भएकाले सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

लहान नगरपालिकाले विपद्को समयमा पीडित परिवारको राहत तथा पुनःस्थापनाका लागि सबै पक्षबाट सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ। रसुवामा बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिन नगरपालिकाले गरेको निर्णयलाई मानवीय तथा सामाजिक सद्भावको उदाहरणका रूपमा समेत हेरिएको छ।
यस दुखद घरीमा पिडितको उद्धार उपचार एवं पुनर स्थापनाका लागी सहयोग गर्न यस नगर पालिकाका सम्पुर्ण राजनैतिक दल, संघ संस्था, उधोगी व्यपारी लगायतका आम नागरीकहरुलाई अहवान गरेका छन । नगर प्रमुख एक महिनाको पारिश्रमिक एवं सम्पुर्ण पदाधिकारी, कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीहरुले आ आफना पारिश्रमिकबाट एक दिन बराबरको तलब सहित जम्मा ११ लाख यस नगरपालिकाबाट सहयोग स्वारुप प्रधानमंत्रिको अध्यक्षतामा रहेको राष्ट्रिय विपद व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय गरेको छ ।

रसुवा बाढीपीडितलाई सहयोग गर्ने लहान नगरपालिकाको निर्णयले भौगोलिक दूरीभन्दा माथि उठेर विपद्का बेला एकअर्कालाई सहयोग गर्नुपर्ने सन्देश दिएको छ।