शम्भु चौधरी, लहान २२ साउन । सखुवानन्कारकट्टी गाउँपालिका ४ सिमरा गाउँबाट ५३ किलो ४ सय ६५ ग्राम गाँजा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको गस्ती टोलिले विहिवार राती करिव १२ बजेको समयमा ४ वटा पप्लास्टिकको बोरामा भरीएको अवस्थामा सो गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार ४ जनाको समूहले बोरा बोकेर ल्याईरहेको थियो । प्रहरीलाई देखेपछि उनीहरु बोरा फालेर भागेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेश बहादुर पालले बताए । अधिकारी पालका अनुसार उनीहरु गस्तीमा रहेका प्रहरीलाई देखेपछि बोरा फालेर भागेको हो। प्रहरीले भरियाहरुको खोजि गरिरहेको बताए ।
बरामद सामाग्रिको सम्वन्धमा प्रहरीले थप अनुसनधान गरिरहेको बताएको छ।
सम्बन्धित खबर
बाढीपीडितलाई पोखरियाचाप वन उपभोक्ता समितिको २६ हजार ७ सय सहयोग
खडक नगरपालिकाको निःशुल्क आँखा उपचार अभियान,२ सय ७ जनाको मोतिबिन्दु अप्रेसन
लहान ११ मा सुत्केरी तथा गर्भवती महिलालाई पोषण सामग्री वितरण
मानव बेचबिखन रोक्न सामूहिक प्रयासको आवश्यक
सलहेस १–० गोल अन्तरले जित्यो ताप्लेजुङ गोल्डकपको उपाधि
