साउन २२ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुबाट बुलेट र डुक मोटरसाइकल चोरी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको हो । बा प्र २–०४२ प ४९६८ नम्बरको डुक मोटरसाइकलसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा बाराको निजगढ नगरपालिका–१२ का २१ वर्षीय अभिषेक लामा थिङ, बर्दिया श्रीपुर नगरपालिका–७ का २१ वर्षीय अभियास थारु, काभ्रेको पाँचखाल नगरपालिका–९ का १७ वर्षीय रिशब शाक्य र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ का १८ वर्षीय आशिष राउत छन् ।
त्यसैगरी बा। प्र। २–०३३ प ३८४४ नम्बरको बुलेट मोटरसाइकलसहति दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तेह्रथुमको म्याङलुङ्ग गाउँपालिका–७ का १९ वर्षीय सोनाम छिरी शेर्पा र सोलुखुम्बुको सल्लेरी गाउँपालिका–५ का १९ वर्षीय राजिब तामाङ छन् ।
