असार, १४ धनगढी । कैलालीको घोडाघोडी नगरपालिका ११ आमबासामा कान्द्रा नदीमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ ।
नदीमा डुबेर स्थानीय रामबहादुर रावलका छोरा कृष्ण रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
डीएसपी तिमिल्सिना अनुसार शनिबार दिउँसो नदीमा नुहाउने क्रममा डुबेका उनलाई उपचारका लागि सीएस अस्पताल, सुखड लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।