शम्भु चौधरी लहान, मंसिर २३ । १६ दिने अभियानको १५ औं दिनमा ३४ औं ‘लैङ्गिक हिंसा विरुद्धको अवसरमा भगवानपुर गाउँपालिका सिरहामा मंगलबार र्याली तथा कोणसभा कार्यक्रम सम्पन्न भएको छ। बढ्दै गएको हिंसा तथा महिला माथि हुने सबै प्रकारका हिंसालाई अन्त्य गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममालाई आत्मसात गर्दै किशोरी, महिलामात्र नभई स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी, समाजसेवी र समुदायका विभिन्न तहका व्यक्तिहरूको सहभागीता रहेको थियो। कार्यक्रमको समन्वय समग्र जनउत्थान केन्द्र लहान,राष्ट्रिय कृषक समुह महासंघ नेपाल, केयर नेपाल, आईडिई, साथ साथ सिकाई केन्द्र, किशोरी अधिकार मञ्च भगवानपुर र ईलाका प्रहरी कार्यालय भगवानपुरले गरेको थियो ।
सहभागिहरूले लैङ्गिक हिंसाको विरुद्धमा सामूहिक आवाज उठाउँदै सजगता र जागरूकता फैलाउनु आजको आवश्यकता रहेको बताउँदै बजार क्षेत्र परिक्रमा गर्दै याली निकालेका थिए। कोणसभामा वक्ताहरूले यौन जन्य, मनोवैज्ञानिक, आर्थिक तथा डिजिटल हिंसा महिलामाथि बढ्दै गएको वर्तमान अवस्थामा परिवारदेखि विद्यालय, वडादेखि पालिका र सञ्चारमाध्यम सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा गा पा अध्यक्ष उग्र नारायण यादवले जोड दिएका थिए।
कार्यक्रमले महिला तथा किशोरीको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्न सकिने प्रभावकारी मार्गहरू समुदायमा पुर्याउने उद्देश्य बोकेको बताइएको छ। यसैगरी, सहभागीहरूले हिंसा सहनु नपर्ने र हिंसा हुनेबित्तिकै उजुरी, जानकारी र कानुनी सहायता लिनुपर्ने सन्देशसहित स्थानीय बस्तीमा जनचेतना फैलाएका थिए।
कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्दै आगामी दिनमा अझ मजबुत अभियान संचालन गर्ने प्रतिबद्धता गरिएको समग्र जनउत्थान केन्द्रकी समाजिक परिचालिका पुजा साहले बताईन ।
कार्यक्रमको आयोजना भगवानपुर गाउँपालिकाले गरेको थियो।