शम्भु चौधरी लहान १६ भदौ । लहान ४ मा अवस्थित बेबी एन्जल सेकेण्ड्री स्कूल निजी शैक्षिक क्षेत्रको एक एक उदाहरणिय रुप बनेको छ। आधुनिक शैक्षिक पूर्वाधार, अनुभवी शिक्षक, अनुशासित वातावरण र दृढ प्रतिबद्धताले विद्यालय निरन्तर प्रगति हासिल गर्दै गएको देखिनछ ।
शैक्षिक गुणस्तरलाई अझ प्राविधिक र व्यावहारिक बनाउन विद्यालयले साइन्स र केमेस्ट्री ल्याब स्थापना गरेको छ। यसले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक सीप पनि विकास गर्न सहयोग पुर्याइरहेको छ। आजका अभिभावक र विद्यार्थीहरू गुणस्तरीय शिक्षा खोजिरहेका बेला यस विद्यालयले ल्याब मार्फत आफूलाई फरक र उत्कृष्ट देखाएको छ।
आठ सयभन्दा बढी विद्यार्थी अध्ययनरत यहाँ प्लस टु तहसम्म कक्षा सञ्चालन भइरहेको संस्थापक प्रिन्सिपल श्यामसुन्दर साह भन्छन । प्रिंसिपल साहले “हामीसँग आफ्नो बच्चा एक वर्षका लागि दिनुहोस्। तोकिएको समयमा बच्चाले अपेक्षित प्रगति गर्न सकेन भने अभिभावकलाई पुरा निशुल्क बच्चा फिर्ता पाउनुहुनेछ।” साहको यो भनाइ विद्यालयको गुणस्तरमा रहेको आत्मविश्वासको प्रमाण हो।
बेबी एन्जलले स्थापना २०६५ सालदेखि नै निरन्तर राम्रो शैक्षिक परिणाम दिंदै आएको छ। बोर्ड परिक्षा वा प्लस टु तह दुवैमा यहाँका विद्यार्थीहरूले वर्षेनी उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।
विद्यालय व्यवस्थापनमा पारदर्शिता, अनुशासन र योजनाबद्धताले ठूलो भूमिका खेलेको छ। विद्यार्थीहरूलाई समयमै गृहकार्य, नियमित पठनपाठन, अतिरिक्त गतिविधि र जीवन उपयोगी सीप सिकाउने प्रणाली अपनाइएको छ।विद्यालयले शैक्षिक वातावरणसँगै नैतिक शिक्षा, सह–पाठ्यक्रम गतिविधि, खेलकुद र सांस्कृतिक कार्यक्रमहरूलाई पनि समान महत्व दिएको छ। यसले विद्यार्थीहरूलाई पुस्तकमुखी मात्र नभई सर्वांगीण विकासतर्फ अग्रसर गराएको छ।
सप्तरी जिल्लाको सुरुगा नगरपालिका १०, पटेर्वा निवासी साह लामो समयदेखि शिक्षामा संलग्न छन्। उनका अनुसार, “शिक्षा नै समाज रूपान्तरणको मूल आधार हो, त्यसैले मैले यो यात्रालाई चुनौतीपूर्ण भए पनि निरन्तर अघि बढाइरहेको छु।”साहले आफ्नो अनुभव, लगनशीलता र दुरदृष्टिका कारण विद्यालयलाई मधेश प्रदेशको एक उत्कृष्ट निजी शैक्षिक संस्थाको स्तरमा पुर्याउन सफल भएका छन्।
विद्यालयले आगामी वर्षहरूमा अझ आधुनिक प्राविधिक शिक्षा, सूचना प्रविधि आधारित अध्ययन प्रणाली, अन्तर्राष्ट्रिय स्तरका शैक्षिक आदान–प्रदान कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ। श्यामसुन्दर साह भन्छन्, “बेबी एन्जललाई राष्ट्रिय स्तरमै उदाहरणीय शैक्षिक संस्था बनाउन चाहन्छौं। हाम्रो लक्ष्य गुणस्तरीय शिक्षा मात्रै नभई सिर्जनशील, अनुशासित र समाजप्रति जिम्मेवार नागरिक तयार गर्नु हो।”लहानमा स्थापित बेबी एन्जल सेकेण्ड्री स्कूल केवल एउटा निजी विद्यालय मात्र होइन, स्थानीय शैक्षिक आन्दोलनको हिस्सा बनेको छ। गुणस्तरीय शिक्षा, उत्कृष्ट व्यवस्थापन र दूरदृष्टि नेतृत्वका कारण बेबी एन्जल अब प्रदेश नम्बर २ का मात्र होइन, समग्र मुलुककै निजी विद्यालयबीच उदाहरणीय मोडेल बन्ने बाटोमा छ।