• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जसपा नेपाल द्वारा भुमि विधेयक बिरुद्ध लहानमा बृहत् रयाली प्रदर्शन

नेपाल पोस्ट दैनिक
    September 1, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी, लहान १६ भदौ । लहानमा जसपा नेपाल क्षेत्र नं १ समितिको आयोजनामा आइतबार दिउँसो बृहत् विरोध प्रदर्शन गरि कोण सभामा परिणत भई सम्पन्न भएको छ। पशुपति आदर्श माध्यमिक विद्यालय प्राङ्गणबाट नारा–जुलुस गर्दै बजार परिक्रमा गरिएको थियो। जुलुस सहिद पार्क अगाडि पुगेर कोणसभामा परिणत भएको थियो।
आन्दोलनमा क्षेत्रभरिका नेता, कार्यकर्ता तथा आम नागरिकहरूको सहभागिता देखिएको थियो। कार्यक्रममा प्रमुख वक्ताका रूपमा माननिय प्रदेश सभा सदस्य राजकुमार गुप्ता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै गुप्ताले सरकार विधेयक फिर्ता गर्न नमाने अझ शक्तिशाली आन्दोलनको कार्यक्रम ल्याइने चेतावनी दिए। उनले संसद भित्र र सडकमा दुवै मोर्चामा संघर्ष गरिने बताए । सांसद गुप्ताले थप्नु भयो जसपा नेपालले आफ्नो धाणा स्पष्ट पारेको छ कि, भूमि विधेयक कुनै पनि हालतमा मान्य हुने छैन र आवश्यक परे देशभर अझ तीव्र विरोध कार्यक्रम सञ्चालन गरिनेछ।

जुलुसमा “राष्ट्रिय घाति विधेयक फिर्ता गर”, “केपी तेरो पाराले दुःख पायो साराले”, “भूमि विधेयक फिर्ता गर” जस्ता नाराहरू रहेका थिए। उनीहरूले यस विधेयक लागू भएमा चुरे क्षेत्रको विनाश, वन संहार, पानीको हाहाकार र मधेशमा खडेरी जस्ता गम्भीर समस्या निम्तिने चेतावनी दिए। नेताहरूले यस्तो विधेयक कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पार्दै तत्काल खारेजीको माग गरे।

त्यसैगरी, १९ वर्षअघि भएको गौर हत्याकाण्डलाई राजनीतिक प्रतिशोधका आधारमा प्रयोग गरी राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई झूटो मुद्दामा फसाउने सरकारी षड्यन्त्र भइरहेको भन्दै नेताहरूले तीव्र आपत्ति जनाए। उनीहरूले गौर हत्याकाण्डलाई जसपा नेपाललाई कमजोर पार्ने उद्देश्यले प्रयोग गरिएको आरोप लगाउँदै यसको कडा विरोध प्रकट गरे।

वक्ताहरूले जसपा नेपाल सदैव गरिब, दलित, मुस्लिम, अल्पसंख्यक र उत्पीडित वर्गका अधिकारका लागि राजनीति गर्दै आएको स्मरण गराउँदै, मुद्दा र षड्यन्त्रबाट पार्टीलाई डराउन सकिँदैन भन्ने चेतावनी दिए।
कार्यक्रममा प्रदेश सभा सदस्य ललिता दास, जिल्ला अध्यक्ष अशोक यादव, प्रयागलाल यादव, दिनेश महतो ,युवा तथा विद्यार्थी नेता दिपेश यादव, लहान नगरपालिकाका उप–प्रमुख रामचलितर महतो, लहान नगर अध्यक्ष रामउदगार महतो, जितेन्द्र महतो, शिव उदगार यादव, विजय यादव, शत्रुधन मण्डल, ललिता यादव लगायतको उपस्थिति रहेको थियो । त्यस्तै प्रेस मञ्च नेपाल मधेश प्रदेश अध्यक्ष अभरेन्द्र यादवसहित अन्य शीर्ष नेतृवर्ग पनि कोणसभामा उपस्थित थिए।
कोणसभाको अध्यक्षता क्षेत्र नं १ का क्षेत्रीय अध्यक्ष प्रयागलाल यादवले गर्नुभएको थियो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑