३ भाद्र । राष्ट्रिय सूचना दिवस प्रत्येक वर्ष भाद्र २८ गते नेपालमा मनाइन्छ। यस दिनको उद्देश्य नागरिकलाई सूचना र जानकारी प्राप्त गर्ने मौलिक हकको बारेमा सचेत गराउने हो।
यो दिवस नेपाल सरकारको सूचना तथा संचार प्रविधि मन्त्रालय तथा राष्ट्रिय सूचना आयोगको सहकार्यमा मनाइन्छ।
राष्ट्रिय सूचना दिवसले नागरिकमा आफ्नो हकप्रति सजग बनाउने र सरकारलाई पारदर्शी तथा जवाफदेही बनाउन प्रेरित गर्ने कार्य गर्छ। सूचनाको हकको सही प्रयोगले मात्र लोकतन्त्र बलियो हुन्छ र सुशासन सम्भव हुन्छ। त्यसैले हामी सबैले यो हकको सही सदुपयोग गर्न जान्नुपर्छ र अरूलाई पनि जानकारी दिनुपर्छ।
नेपालको संविधानले सूचनाको हकलाई मौलिक हकको रूपमा मान्यता दिएको छ। नागरिकले सार्वजनिक निकायबाट आफूलाई चाहिने सूचना प्राप्त गर्न सक्ने कानुनी व्यवस्था सूचना प्राप्तिको हक ऐन, २०६४ मार्फत गरिएको हो। यही कानुनी अधिकारलाई सुदृढ बनाउने र नागरिकलाई सूचना माग्न प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय सूचना दिवस मनाइन्छ।
जनतामा सचेतना फैलाउनेस् सूचनाको हक सम्बन्धी जानकारी दिनु र जनतालाई सूचनाको उपयोगमा प्रोत्साहित गर्नु। सरकारमा पारदर्शितास् सरकारी निकायहरूलाई पारदर्शी बनाउने र जवाफदेही बनाउने कार्यमा योगदान पुर्याउने। सुशासनको प्रवर्द्धन खुला र पारदर्शी शासन प्रणालीमार्फत सुशासन कायम गर्न सहयोग पुर्याउने।
राष्ट्रिय सूचना दिवसमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिएका छन । गोष्ठी तथा सेमिनार, जनचेतना र्याली, पुरस्कार तथा सम्मान कार्यक्रम, सार्वजनिक निकायहरूबाट प्रकाशित सूचनाहरूको प्रदर्शनी ।