• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहान १२ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी उदघाटन

नेपाल पोस्ट दैनिक
    July 11, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान २७ असार । लहान नगरपालिका–१२ मा नवनिर्मित स्वास्थ्य चौकीको उद्घाटनसँगै स्थानीयवासीमा खुशि छाएको छ। केही वर्षदेखि लहान नगरपालिकामा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार देखिएको छ।
स्वास्थ्य चौकीको उद्घाटन कार्यक्रममा पत्रकार महासङ्घका सभापतिले अब सामान्य बिरामीदेखि आकस्मिक सेवासमेत यही स्वास्थ चौकिबाट पाइने भएकाले अन्यत्र जानुपर्ने बाध्यता अन्त्य भएको बताए। पूर्व–पश्चिम राजमार्गकै छेउमा पर्ने यो स्वास्थ्य चौकीले सडक दुर्घटना तथा आकस्मिक अवस्थाहरूमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

हालसम्म नगरपालिकाले १३ वटा वडा कार्यालयका लागि आफ्नै भवन निर्माण गरिसकेको छ, जसमा जनताको सेवा सुचारु छ। बाँकी रहेका ५ वटा वडाका लागि आगामी आर्थिक वर्षमा भवन निर्माण गरिने योजना रहेको मेयर चौधरीले जानकारी दिए।
शिक्षा क्षेत्रमा प्रविधिमैत्री र नविनतम अभ्यासलाई आत्मसात गर्ने क्रममा लहान नगरपालिका १२ स्थित श्री माध्यमिक विद्यालय, पडरिया थारुटोलमा तीन वटा कक्षामा ७५ इन्चको इन्टरएक्टिभ बोर्ड जडान गरी समुद्घाटन गरिएको छ।

उक्त इन्टरएक्टिभ बोर्डहरूको समुद्घाटन लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। समुद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख महेश चौधरीले लहान नगरपालिकाले गुणस्तरीय शिक्षालाई सर्वोच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै आधुनिक शिक्षण उपकरण र प्रविधिको प्रयोगमार्फत विद्यार्थीहरूको सिकाइ क्षमतामा गुणात्मक सुधार ल्याउने लक्ष्य रहेको बताए।

कार्यक्रममा विभिन्न वक्ताहरूले प्रविधिको प्रयोगले वर्तमान शैक्षिक चुनौतीहरू समाधान गर्न सकिने तथा ग्रामीण क्षेत्रका विद्यालयहरूमा समेत यस्तो प्रविधिको पहुँच पुर्याउनु आजको आवश्यकता भएको धारणा राखे। उक्त कार्यक्रम विद्यालय परिवारको समन्वयमा भव्य र शालीन रूपमा सम्पन्न भएको थियो। तीनवटा ७५ इन्चका इन्टरएक्टिभ बोर्डहरूको प्रयोग आगामी दिनमा प्रभावशाली शिक्षा विस्तारतर्फ महत्वपूर्ण उपलब्धि सावित हुने विश्वास गरिएको छ।
कार्यक्रमका विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत जयकान्त झा थिए भने वडाध्यक्ष बद्री नारायण चौधरी, शिक्षा अधिकृत अमिरी यादव, कार्यक्रम संयोजक महेश्वरी चौधरी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष छेदीलाल चौधरी तथा समितिका सम्पूर्ण पदाधिकारी, शिक्षक(शिक्षिका, पत्रकार, समाजसेवी, बुद्धिजीवी र स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑