धर्म-संस्कार

लहानमा पैगम्बरको जन्मदिनको अवसरमा विशाल प्रदर्शन

लहान, कार्तिक २४ गते।  मुस्लिम समुदायहरुले आज धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा शक्ति प्रदर्शन गरेको छ ।

विभिन्न गाउँबाट आएका मुस्लिम समुदायहरुले हिन्दुहरुको ऐतिहासिक धरोहर रंगभुमि मैदानबाट जुलुस निकालेको हो । जुलुसमा हजारौं मुस्लिम समुदायको सहभागीता रहेको थियो ।

प्रदेश २ सरकारले मो. पैगम्बरको जन्म दिनको अवसरमा आज सार्वजनिक विदा समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।