शम्भु चौधरी लहान २४ चैत्र । सिरहाको औरहीमा हुन लागेको चौबिस कुण्डिय गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको औरही गायत्री महायज्ञ समितिका सदस्य रामपृत यादवले बताए ।
मानवमा देवत्वको जागरण होस धर्तीमा स्वर्गको अवतरण होस भने मुल उद्देश्य राखी महायज्ञ हुन लागेको हो ।
२६ गते आईतबार देखि संचालन हुने यज्ञ चार दिन सम्म रहने र पहिलो दिन आईतबार बिहान ८ बजे बिशाल शोभा कलश यात्रा निसकिने कार्यक्रम रहेको छ । सो कलश यात्रामा करीब १५ सयको हराहारीमा कलश यात्री रहने सदस्य यादवले बताए ।
यज्ञको समउदघाटन नेपालका महामहिम सम्मानीय उपरास्ट्रपति रामसहाय प्रसाद यादव द्धरा हुने र त्यसको लागी सुरक्षाको प्रवन्ध पनि कडा पारीएको आयोजक समितिले बताए ।
सम्बन्धित खबर
भगवानपुर गाउँपालिकामा अध्यक्ष कप क्रिकेट प्रतियोगिता, लहानको शानदार जित
सर्लाहीको बाँकेमा ट्रक र इभी ठोक्किए, १२ जना घाइते
लहान १५ को नवनिर्मित वडा कार्यालय भवन नगरप्रमुख चौधरीद्वारा उद्घाटन
गोपाल सेवा समिति लहानको शुभकामना कार्यक्रम सम्पन्न
लहान ७ को नवनिर्मित वडा कार्यालय भवन नगरप्रमुख चौधरीद्वारा उद्घाटन
