शम्भु चौधरी लहान २६ मंसिर । जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती न.पा. वडा नं. १६ स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको प्र.२-०३-००१ ख ५४०९ नं.को ट्रक चेकजांच गर्ने क्रममा उक्त ट्रकमा बिल सहितको सिमेन्ट ४२० बोरा लोड गरि ल्याएकोमा विना बिल भरपाई मोबाईलको ट्याम्पोररी ग्लास ६९ कार्टुन, ब्ल्याक चुरोट ४ कार्टुन, फेदन भुवा ५० केजी र प्र.२-०३-००१ ख ५४०९ नं.को ट्रक सहित अन्दाजी मुल्य ५०,५६९२७ (पचास लाख छपन्न हजार नै सय सत्ताईत) सामान बरामद गरी आवश्यक अनुसन्धान एबंम कारबाहीको लागि श्री राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।
सम्बन्धित खबर
प्रथम करमनेश्वर हरियाली गोल्ड कप २०८३ सुरु
तेस्रो अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन
लहान ११ मा एक दिने मधुमेह परीक्षण शिविर सम्पन्न
समाजसेवी यादवद्वारा नवराजपुर गाउँपालिका भरीमा १२ सय झुल वितरण
लहान–१२ भोटियाटोल चौकमा ‘घोङ्हि’ होटलको विस्तार, मिथिला र थारू परिकारको स्वाद एकै ठाउँमा
