शम्भाु चौधरी लहान २४ मंसिर। सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं २ का ३१ वर्षिय युवक राजाराम सहनीले कृषि पेशालाई आफना कर्म थलो मान्दै माछा व्यवसाय शुरु गरेका हुन् । करीब २ वर्ष अगाडि बार्षिक २ लाख ८० हजार सम्झौतामा ४ बिगाहा जग्गा लहान नगरपालिकाको वडा नं २२ स्थित लिजमा लिएर करिब १८ लाख खर्च गरेर ६ वटा पोखरी खनेर माछा पालन व्यवसाय थालेका सहनीले शुरुवातमै ७ लाख ८० हजारको माछा बिक्री गरेको छ । माछा पालन गरेर आफूले करिब १० जनालाई रोजगारीको अवसर दिनसक्ने बताउँदै सहनीले माछा पालनबाट राम्रो आम्दानी हुने कुरा बताउनुहुन्छ । सरकारले कृषिमा कागजी रूपमा कृषि अनुदानको कुरा गरेपनि आफूलाई हालसम्म कुनै पनि सरकारबाट अनुदान प्राप्त नभएको बताए । कृषि अनुदानको लागि आफूले सरकारले घोषणा गरेको कार्यक्रमहरुमा माग गरेको बमोजिम कागजात पेस गरेपनि आफूलाई कृषि अनुदानबाट वञ्चित गरिएको दुःखेसो पोखेका छन् । कहीं कतैबाट आफूलाई सहयोग प्राप्त नभएको बताएका सहनीको वास्तविक अवस्था बुझ्नका लागि कृषि क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी संस्थाहरुले स्थलगत अनुगमन गर्न जरूरी देखिन्छ ।
सम्बन्धित खबर
समाजसेवी यादवद्वारा नवराजपुर गाउँपालिका भरीमा १२ सय झुल वितरण
लहान–१२ भोटियाटोल चौकमा ‘घोङ्हि’ होटलको विस्तार, मिथिला र थारू परिकारको स्वाद एकै ठाउँमा
साना किसान कृषि सहकारी संस्था भवानीपुर प्रधको १७औँ वार्षिक साधारण सभा सम्पन्न
लहान–२२ मत्स्यफर्मदेखि जहदीसम्म सडक कालोपत्रे हुने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
समाजसेवी यादवद्वारा ढेकहामा झुल वितरण
