शम्भाु चौधरी लहान २४ मंसिर। सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं २ का ३१ वर्षिय युवक राजाराम सहनीले कृषि पेशालाई आफना कर्म थलो मान्दै माछा व्यवसाय शुरु गरेका हुन् । करीब २ वर्ष अगाडि बार्षिक २ लाख ८० हजार सम्झौतामा ४ बिगाहा जग्गा लहान नगरपालिकाको वडा नं २२ स्थित लिजमा लिएर करिब १८ लाख खर्च गरेर ६ वटा पोखरी खनेर माछा पालन व्यवसाय थालेका सहनीले शुरुवातमै ७ लाख ८० हजारको माछा बिक्री गरेको छ । माछा पालन गरेर आफूले करिब १० जनालाई रोजगारीको अवसर दिनसक्ने बताउँदै सहनीले माछा पालनबाट राम्रो आम्दानी हुने कुरा बताउनुहुन्छ । सरकारले कृषिमा कागजी रूपमा कृषि अनुदानको कुरा गरेपनि आफूलाई हालसम्म कुनै पनि सरकारबाट अनुदान प्राप्त नभएको बताए । कृषि अनुदानको लागि आफूले सरकारले घोषणा गरेको कार्यक्रमहरुमा माग गरेको बमोजिम कागजात पेस गरेपनि आफूलाई कृषि अनुदानबाट वञ्चित गरिएको दुःखेसो पोखेका छन् । कहीं कतैबाट आफूलाई सहयोग प्राप्त नभएको बताएका सहनीको वास्तविक अवस्था बुझ्नका लागि कृषि क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी संस्थाहरुले स्थलगत अनुगमन गर्न जरूरी देखिन्छ ।
सम्बन्धित खबर
लक्ष्मीनीया आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन
आज १५०१ औँ मोहम्मद जयन्ती मनाइँदै
राष्ट्रिय धर्म सभा दिवस, धार्मिक तथा सांस्कृतिक संरक्षणमा जोड
गोलबजार नजिक गागन खोलामा भेटिए एक महिलाको शव
मधेशका ८ वटै जिल्ला प्रहरी कार्यालयलाई नयाँ पिकअप भ्यान
