• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 28, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

विनोद मण्डल ओझेलमा पारिएको देवी दह

नेपाल पोस्ट दैनिक
    September 2, 2022  मा प्रकाशित

Spread the love
      

विनोद मण्डल  १८ भदाै । प्राकृतिक सौन्दर्यका बीच उभिएका रमणिय देवी दह यतिबेला आपसी विवादका कारण छिया छिया भएको छ ।

सिराहा जिल्लाको उत्तरी पूर्वी भेकमा रहेको देवी दह साविक तरेगीना गोविन्दपुर तथा हाल लहान नगरपालिका वडा नं १७ मा रहेको छ । पूर्व पश्चिम राजमार्गबाट करिब ७ किलोमीटर दुरीमा पर्ने यो ठाउँ सिराहा र सप्तरी जिल्लालाई छुट्याउने बलान नदीको पक्षिमि किनारामा रहेको यस ठाउँलाई बलानसेर समेत भनेर चिनिन्छ । प्रकृतिले सजिएको यस ठाउँमा प्राकृतिक सौन्दर्यका बीच देवी दह रहेको छ ।

देवी दह काे उत्तरी छेउमा रहेको देवीको समीप रहेको पानीको तलाउ अर्थात् भबरी (स्थानिय भाषा) बाट निस्कने पानीमा स्नान गरेर आफूले नुहाउँदा भिजेको लुगा उक्त ठाउँमा छोडेर लुगा फेरि हिँड्दा शरीरमा रहेको घाउ खटिरा निको हुने जनविश्वास रहिआएको पाइन्छ । उक्त ठाउँबाट निस्कने पानीलाई व्यबस्थित गर्दै गर्दा विशाल दह बन्न गयो र पछिबाट स्थानियले उक्त दहलाई देवी दह भनी नामाकरण गरे ।

चारैतिर प्राकृतिक वन जंगलले सजिएको यस ठाउँको उत्तरमा चुरे पर्वत श्रेणी रहेको पाइन्छ । फाट्ट फुट्ट देखिने वस्तीका मानिसहरू मिलेर यस दहमा करिव ४ ओटा ढुङ्गा (नाउँ) विगतमा चलाउँदै गर्दा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको अवस्था रहेको थियो । ढुङ्गामा सैर गरेर मनमोहक दृश्यको आनन्द लिने काम हाललाई बन्द रहेको पाइन्छ ।

आन्तरिक पर्यटकको लागि चिरपरिचित नाम देवीदह यत्तिबेला ठप्प छ । अढाई बर्षअघि दैनिक पाँच हजार पर्यटक पुग्ने देवीदहमा ढुँगा (नाउ) सयर गर्न छाडेपछि त्यसक्षेत्रमा प्राकृतिक स्रोतसाधन रहेपनि उराठ लाग्दो बनेको स्थानीय अरुण सिँहले बताउदै देबीदहको उचाइलाई अझ बढाउन रामकुमार रमन यादवलाई अध्यक्ष बनाइयो तर अदुरदर्शिताको कारण पर्यटन क्षेत्रमा ठूलो समस्या आएको बताएँ ।

करिब एक करोड विस लाख खर्च गरेर उक्त ठाउँमा करिब १० ओटा घर टहरा निर्माण गरी बाटोमा बलानको बालुवा राखेर बजेट पचाउने काम बिगतमा देवी दहका अध्यक्षले गरेको स्थानियको बुझाइ रहेको पाइन्छ । देवी दहको अवस्था हाललाई संकटपूर्ण अवस्थामा रहेको छ भने अर्कोतिर मुख्य गेटमा हिलाम्मे बाटो र वनमारा घारी दहको डिलमा रहेको देखिन्छ ।

आपसी विवादमा परेको देवी दहमा लहानका मेयर महेश चौधरीको खासै ध्यान केन्द्रित भएको छैन । बाटो घाटोको अभाव रहेको यस ठाउँमा विकाश ओझेलमा पर्नुको मुख्य कारण स्थानिय सरकारको कमजोरी देखिएको छ भने अर्कोतिर अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण नहुनु पनि चिन्ताको बिषय बनेको अवस्थामा सत्य तथ्यको छानबिन गरी दोषीमाथि कानुनी कारवाही चलाउन जरुरी देखिएको छ । साथै देवी दहको सञ्चालनमा बाधक तत्वहरूको पहिचान गरेर आवस्यक कानुनी कारवाहीको माग स्थासियले गरिरहेका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
  • सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
  • राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    • पछिल्ला
    • लोकप्रिय
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    छुटाउनु भयो की?
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑