महेश सिंह सिरहा लहान १७ चैत – संगीता कर्माचार्य स्मृति प्रतिष्ठान द्वारा संचालित”एक घर एक झूल”नाराका अन्तर्गत लहान नगरपालिका-१७ एकरतिया गोबिन्दपुरका दलित बस्तीमा २०० घर धुरीलाई लामखुटेको टोकई बाट लाग्ने रोगहरुको सिकारबाट सुरक्षित हुनका लागी संगीता स्मृति प्रतिष्ठानका अध्यक्ष तथा नेपाली कांग्रेसका क्षेत्र सभापति महेश चौधरीले राहत स्वरूप झूल गरीएका छन्।
उनी निरन्तर समाजसेवा लागेका हुन् समाजलाई गर्ने उनलाई जले पनि पत्याउने गरेको छ।
लामखुटेंको टोकई बाट लाग्ने बिभिन रोगहरु बाट बचनका लागी झूल बितरण गरिएको हो।समाजसेवी चौधरीको दिन चरिया नै समाजसेवामा बित्ने गरेको छ। मुसहर समुदायको ब्यक्तीहरुले झुल गर्हन गर्दै समाजसेवी महेश चौधरीको एक घर एक झुल अभियान कार्यक्रम सिरहाको लहानमा प्रभावकारी बन्दै गएका छन्।
लहानमा रहेको बिकास बेतिथीलाई हटाएर समृद्ध उनमुख बनाउन आफुले लहान मेयरका लागी उमेदवारी दिने इच्छा जाहेर गरेका हुन।महेश चौधरी जस्तो सहयोगरी र गरिब दलित लगायत हरेक बर्ग समुदायको दु:ख सुखमा साथ दिने चौधरीलाई आउने चुनावमा लहानको मेयर बनाउनु पर्ने जनसमुदायको जनअपेक्षा रहेको छ्।