समाचार

सांसद साहको रिहाको माग गर्दै राजपाले चरणवद्ध आन्दोलन गर्ने

काठमाडौं २९ असोज। सांसद प्रमोद साहको रिहा माग गर्दै राष्ट्रिय जनता पार्टी, नेपालले चरणबद्ध आन्दोलन घोषणा गर्ने भएको छ ।

जनकपुर एयरपोर्टको बुद्ध एयरको काउन्टर तोडफोड र कर्मचारीलाई दुरव्यवहार गरेको आरोपमा सांसद साहलाई आज पक्राउ गरेको छ ।सांसद साहले जनताको चाहना अनुसार एयरपोर्टमा कुरा उठाउनु भएको हो तर सरकारले उल्टै कार्यवाही गरेको अध्यक्ष मिश्रले बताउनुभयो । जनताको हितमा बोल्नेलाई कारवाही गर्ने सरकारको विरुद्धमा पनि मधेशी जनता आन्दोलन गर्न तयार भएको उहाँले बताउनुभयो ।

राजपा नेपालले आज ठाउँ ठाउँमा रिहाको माग गर्दै प्रदर्शन गरेको छ । आजको यो दवावले सांसद साहलाई रिहा नगरे भोलीदेखि चरणवद्ध आन्दोलनको घोषणा हुने राजपा नेपालका विद्यार्थी संगठनका अध्यक्ष मनिष मिश्राले बताउनुभयो ।

उहाँले जिल्ला जिल्लामा यस विषयमा छलफल चलिरहेको छ । चक्का जामदेखि लिएर हडतालसम्मको कार्यक्रमको तयारी भइरहेको र जनकपुरस्थित बुद्ध एयरको कार्यालयमा तालाबन्दी पनि गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।