शम्भु चौधरी लहान २२ असोज । सिरहाको सुखिपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामलोभित यादवले समाज सेवाको लागी मरीमेटने बतानु भएको छ । सुखिप्र नगरपालिका ४ पोखरीयाका एका सुकुम्वासी दलित घर परिवालाई आापत परेको बेला गरेको सहयोगलाई दृष्टिगत गर्दै अध्यक्ष यादवले यस्तो बताएका छन ।

पोखरीया निवासी ३० वर्षीय रविन्द्र रामकी २५ वर्षीया पत्नी रामसखी रामले गत सोमबारका दिन एकै पटक दुई छोराको जन्म दिएकी छिन । जन्मिएको दुई बच्चाको स्वास्थ्य अवस्था ठिक भए पनि आमाको स्वास्थ्य अवस्था ठिक नभएको रामसखिका श्रीमानले बतएका छन ।
सुकुम्बासी तथा गरीबीले गर्दा पत्नीको अपचार गर्न चारैतिर गुहार मागेको थिए कसैको मेरो गुहार सुनेन, तर सम्बन्धित वडाका वडा अध्यक्ष यादवले वहाँलाई भरपुर्ण मात्रामा सहयोग गरेका छन ।
यादवले ततकाल ४ हजार नगद र २ पोका ब्लडको समेत व्यस्था गरि दिएका छन । सुखिपुर नगरपालिकाका मेयर राम अवतार यादवले पनि ततकाल रु ५ हजार नगद सहयोग गरेका छन । त्यस रकमबाट धनगढीमाई नगरपालिका ९ मुसहरनीया स्थित रहेका आर के मिडसिटि हस्पिटलमा उपचार भई रहेको थियो तर त्याहाँ उपचार सम्भव नभए पछि थप उपचारको लागी विराटनगर स्थित नोबेल होस्पिटल रेफर गरीएको अस्पताल स्रोतले जनाएका छन ।
सुखिपुर नगरपालिका भित्रका ११ वडा अध्यक्षहरु मिलि गरीब सहायता कोष निमार्ण गरेका छन । त्यस कोषबाट बच्चा र आमाको उपचारका लागी ३० हजार नगद सहयोग गरेका छन । म आफनो तर्फबाट २० हजार अरु सहयोग गर्न सक्छु त्यसमा पनि अपुग भए साथी भाई र विभिन्न संघ संस्थामा गई सहयोग मगनेछु । यो बिरामीलाई बचाउनको लागी जहाँ माग्नु पर्छ जहाँ हात फैलाउनु पर्छ त्यसको लागी म एक कदम पनि म पछि नपर्ने अध्यक्ष यादवले बताएका छन ।