• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 26, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

आत्महत्याको घटना रोकथामका लागि साझा पलहको आवश्यकतामा जोड

नेपाल पोस्ट दैनिक
    September 10, 2021  मा प्रकाशित

Spread the love
      

रामभरोसी महतो लहान २५ भदौ   । जिल्लामा बढ्दो आत्महत्याको घटना रोकथामको लागि साझा पहलको आवश्यकता रहेको सरोकारवालाले जोड दिएका छन् ।

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा शुक्रवार लहानमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरुले यस्तो आवश्यकतामा जोड दिएका हुन् ।

लहान नगरपालिका, मानवअधिकार संरक्षण केन्द्र सञ्जाल सिरहा र महिला मानवअधिकार रक्षक सञ्जाल सिरहाले समग्र जन उत्थान केन्द्र लहान, ओरेक नेपाल, मुिक्त नेपाल, कोशिष नेपाल, दलित जन कल्याण युवा क्लव, इन्सेक, सिएमसी नेपालको सहकार्यक्रमा लहान नगरपालिकाको सभा हलमा शुक्रवार आयोजित आत्महत्या रोकथामका लागि सरोकारवालको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवलाले आत्महत्याको घटना दिनदिनै बढदै गएपनि यसको रोकथामको लागि प्रयाप्त पहल हुन नसकेकोमा चिन्ता समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा सहभागी लहान नगरपालिकाका उपप्रमुख सरियार चौधरीले सामाजमा रहेको हानिकारक सामाजिक मुल्यमान्यताका कारण महिलाहरु आत्महत्या गर्न बाध्य भइरहेकोले आत्महत्याको घटना रोकथामका लागि हानिकारक सामाजिक मुल्यमान्यताको रुपान्तरण आवश्यक रहेको बताउनुभयो ।

यस्तै इलाका प्रसाशन कार्यालय लहानका प्रमुख कृष्णबहादुर खडकाले समाजमा अस्वस्थ प्रतिस्पर्धा देखासिखी र एकअर्कासंग तुलना गर्ने प्रवृतिले आत्महत्याको घटना बढेको बताउनु भयो । वहाँले आत्महत्याको घटना रोकथामका लागि कुनै एकपक्षको सक्रियताले नहुने भन्दै सबै पक्षको साझा पहल आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा सहभागी इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी डा. तपन दाहालले लहान नगर भित्र चालु आर्थिक वर्षमा ९ जनाले आत्महत्या गरेको तथ्यांक प्रस्तुत गर्दै आत्महत्याको घटना न्युनिकरणका लागि सचेतनाको कार्यक्रम तिव्र गतिमा सञ्चान गर्नुपर्ने बताउनु भयो ।

पशुपति आर्दश माविका प्रध्यानाध्यापक डा. महेन्द्र प्रसाद चौधरीले आत्महत्याको घटना रोकथामका लागि विद्यालयहरुमा तनाव व्यवस्थापन तथा जीवनउपयोगी सिपको बारेमा विद्यालयका विद्यार्थीहरुलाई समयसमयमा नियमित रुपमा अभिमुखिकरण गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज यादवले आत्महत्यालाई निरुत्साहित गर्ने किसिमको सामग्री सञ्चार माध्यमको प्राथमिकताका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बाल क्लव, युवा क्लव, महिला समुह, महिलाअधिकारकर्मी, विद्यालयका प्रतिनिधि, सञ्चारकर्मी, नगरभित्रका सरोकारवलाहरु गरी ४६ जनाको सहभागिता रहेको सो कार्यक्रममा आत्महत्याको अवस्था, कारण र प्रभावको बारेमा सिएमसी नेपालका कार्यक्रम संयोजक फनिन्द्र अधिकारीले प्रस्तुत गर्नुभएको थियो ।

महिला मानवअधिकार रक्षक सञ्जाल सिरहाकी अध्यक्ष रेणु कर्णको अध्यक्षतामा भएको सो कार्यक्रममा लहान नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने महिला अधिकारकर्मी श्यामकुमारी साहले कार्यक्रमको उदेश्यबारे प्रकाश पार्नुभएको थियो ।

रेडियोकर्मी रामभरोसी महताले सहजीकरण गर्नुभएको सो अन्तरक्रिया कार्यक्रमले आत्महत्या रोकथामका लागि स्थानीय तह र सरोकारवालको भूमिका समेत पहिचान गरी त्यसलाई कार्यन्वयनका लागि सहभागी सरोकारवालले प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑