जनकपुर ८ असार ।प्रदेश २ सरकारको बजेटमा महोत्तरीको औरही नगरपालिका ३ श्रीपुरमा २ नम्बर र काँचाे इँटा प्रयोग गरी सडक ढलान हुन लागेको छ ।
प्रदेश २ सरकारको भौतिक पूर्वाधार मन्त्रालयको २० लाखको बजेटमा पूर्वाधार विकास कार्यालय जनकपुर मार्फत सडक ढलान हुन लागेको हो ।
तर ढलानको लागि ग्राइभेल तल नदिइ हिलाम्य सडकमै भुस जस्तो रद्दी इँटा प्रयोग गरी ढलान गर्न लागिएको हो ।तीन नम्बरी इँटा प्रयोग गरेर जथाभावी गुणस्तरहीन सडक निर्माण गर्न लागेपछि स्थानीय बासिन्दाले विरोध जनाएका छन् ।पूर्वाधार विकास कार्यालय जनकपुरका साइड इन्जिनियर संजय यादवले सो योजना २० लाख रुपैयाँको भएपनि सडक कति लम्बाई चौडाईको छ भन्ने विषयमा भन्न चाहेनन् ।‘भौतिक पूर्वाधार विकास मन्त्रालको २० लाख रुपैयाँ बजेटले सडक ढलान हुन लागेको छ । तर कति लम्बाइचौडाइ छ भन्ने थाहा भएन’ उनले भने ‘त्यहाँ दुई नम्बर इट्टा प्रयोग गरिएको छ भने हटाएर एक नम्बर लगाइन्छ । काम गुणस्तरीय नै हुन्छ ।
सम्बन्धित खबर
प्रथम करमनेश्वर हरियाली गोल्ड कप २०८३ सुरु
तेस्रो अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन
लहान ११ मा एक दिने मधुमेह परीक्षण शिविर सम्पन्न
समाजसेवी यादवद्वारा नवराजपुर गाउँपालिका भरीमा १२ सय झुल वितरण
लहान–१२ भोटियाटोल चौकमा ‘घोङ्हि’ होटलको विस्तार, मिथिला र थारू परिकारको स्वाद एकै ठाउँमा
