उर्मिला यादव यात्री बैशाख ४ नवलपरासी। सुनवल जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बिहीबार करिब तीन लाख चार हजार आठ सय पचास रुपैया मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ । प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छली ल्याई लुकाई राखेको साडी, सर्ट, पाईन्ट लगायतका कपडा साथै चेन, हुक लगायतका बिभिन्न टेलरका सामान बर्दघाट नगरपालिका वडा नम्बर. १२ भटौलियाबाट बरामद गरेको हो । बरामद भएका सामानको अन्दाजी मुल्य तीन लाख चार हजार आठ सय पचास रुपैया मुल्य बराबर रहेको प्रहरीले जनाएको छ । बरामद सामान बिहीबार नै आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।
सम्बन्धित खबर
आत्मनिर्भरको १४ औँ वार्षिक साधारणसभाको पाँचौँ क्लस्टर सम्पन्न
लहान नगरपालिकाको मेयर पदमा परमेश्वर साहद्वारा उम्मेदवारी घोषणा
लहान नगरपालिका ५ मा एकदिने निःशुल्क आँखा जाँच शिविर सञ्चालन
सिरहा नेपाली कांग्रेसको जिल्ला सभापतिमा सर्वसम्मत रूपमा सन्तोष कुमार चौधरी चयन
सप्तरीको जानकीनगरमा सामाचकेवा महोत्सव २०८३ भव्य रूपमा सम्पन्न
