सप्तरी २ चैत्र । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा नगरपालिका स्तरिय राष्ट्रिय दलित मुक्ति जागरण अभियानको ३१ सदस्यीय नगर कमिटी गठन भएको छ ।
शनिवार आयोजित राष्ट्रिय दलित मुक्ति जागरण अभियानको डाक्नेश्वरी नगरपालिकाको अध्यक्षमा दिपेन्द्र रामलाई चयन गरेको छ भने उपाध्यक्षमा श्रीप्रसाद सदा, कोषाध्यक्ष अनिता सरदार, सचिवमा निर्मला राम, सहसचिवमा सजन मण्डल, सदस्यमा कैलु सदा लगायतका छन् । नगरपालिकामा १० वटा वडा छन् हरेक वडामा रहेको वडास्तरिय कमिटिको वडा वडाअध्यक्षलाई नगरपालिकाको पदाअधिकारीमा समेत राखिएको छ ।
आयोजित राष्ट्रिय दलित मुक्ति जागरण अभियानको प्रशिक्षण तथा संगठन कार्यक्रमको प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षक जागरण अभियानको पूर्वी संयोजक राजेश विद्रोहीले गरेका थिए भने विशिष्ट अतिथिको रुपमा जागरण अभियानका सप्तरी जिल्ला संयोजक प्रथमलाल राम, गंगा सदा, बद्री सदा भुलाई राम, अतिथिहरु बेचु सदा, रामु पासवान, बलदेव खंग, छुतहरु मण्डल, अशोक राम लगायतको उपस्थिति र भिखारी सदाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सयौंको संख्यामा दलित समुदायको उपस्थिति रहेको थियो । दलित लगायतका उत्पीडित समुदायको हरेक स्तरमा विकासका लागि फाल्गुन १ गते सचेत हौं , संगठित हौं र संघर्ष गरौं, परिवर्तन सम्भवछ हाम्रै पालामा, अरुको लागि लडयौं पटकपटक, आफ्नो लागि लडौ यसपटक भने मूल नाराकोसाथ पूर्व सप्तरीको राजविराज र पश्चिम दैलेखबाट हजारौंको संख्यामा दलित समुदायको उपस्थितिमा एकैसाथ एकैदिन इतिहासमा पहिलोपटक राष्ट्रिय दलित मुक्ति जागरण अभियानको उदघोष भएको थियो ।
अभियानको पूर्वी संयोजकमा राजेश विद्रोही र पश्चिम संयोजक खगेन्द्र सुनारले संयोजन गरिरहेको कार्यक्रमको केन्द्रीय अभियानता गंगा सदाले जानकारी दिनुभएको छ ।
