लहान फाल्गुन २४ गते सोमबार। “रक्तदान जीवनदान” गर्नु झै बराबर हो । आज मार्च ८ अर्थात १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ( नारी दिवस ) नेपालमा पनि विशेष कार्यक्रम गरी मनाइयो ।
जस अन्तर्गत आज फाल्गुन २४ गते सोमबारका दिन धनगडीमाई नगरपालिकाको सभाहलमा रक्तदान कार्यक्रम गरेको छ। महिलाको सुरक्षा सम्मान र रोजगार ;समृद्ध नेपालीको अधार नाराका साथ उक्त गरिएको थियोे । नेपाल रेडक्रस सोसाइटी उपशाखा धनगडीमाई नगरपालिकाको आयोजना तथा धनगडीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरी प्रमुख अतिथ्वमा सम्पन्न भएको थियोे । मेयर हरिनारायणले समेत रक्तदान गरेका थियोे ।
रक्तदान कार्यक्रमको आयोजना गर्न अग्रसरता देखिएको तथा सबै कार्यक्रमको उचित व्यवस्थापन कार्य प्रशंसनीय तथा उदाहरणीय रहेको बताएको छ।
