शम्भु चौधरी लहान २२ फाल्गुन । जिल्लाका सहकारीहरु करै करको घेरा भित्र रहेको छ । राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय लहानले संचालन गरेको दुई दिने कर्जा तथा जोखिम व्यवस्थापन सम्बन्धि तालिम समापन्न समारोहमा राष्ट्रिय सहकारी बैंक सिरहाका अध्यक्ष संजय कुमार महतोले यस्तो बताए ।
वहाँ अध्यक्षको आसनबाट थप बोल्दै भनु भयो जिल्लामा सहकारी हेर्ने ३ वटा संघ छ जुन दिन देखि संघ गठन भएको छ त्यो दिन देखि अहिले सम्म एक पटक पनि तिनै संघका पदाधिकारीहरु एक आपसमा बैठक बसी छलफल भएको छैन । अर्को कुरा संघिय सरकार देखि प्रदेश सरकार र प्रदेश सरकार देखि स्थानिय सरकारसम्म कसैले पनि सहकारीहरुलाई एक सुको सहयोग गरेको छैन बरु बिभिन्न प्रकारको निति नियम र विभिन्न प्रकारको करको दायरा घेरेका देखिन्छ यो सरकारको सहकारी प्रति हेर्ने बदनियत हो । यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी समेत दिनु भयो ।

हाम्रा घरका सरकार भनेको स्थानिय सरकार हो, स्थानिय सरकार भएको पनि करीब ४ वर्ष जति हुन लाग्यो अहिले सम्म कुनै पनि पालिकाले सहकारीको सहयोगको विषयमा गहिरो रुपमा सोचेको म देखदिन बल्ल तल्ल अब सुन्दैछु पालिकामा पनि सहकारी दर्ता प्रक्रिया शुरु भएको छ ।
दिगो विकास लक्ष्य प्र्राप्तीका लागी सहकारी भने मुल नारका साथ संचालन भएको तालिममा सिरहाका बचत तथा ऋण सहकारी, कृषि सहकारी र लघुवित सहकारी गरी ३५ वटा सहकारीबाट जम्मा ३६ जनाको सहभागी रहेको तालिनमा सहभागी भएका रुद्र नारायण चौधरीले बताए ।
तालिम समापन्न समारोहका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक प्रदेश २ संयोजक विश्वनाथ मण्डलले गर्नु भएको थियो । प्रमुख अतिथिको आसनबाट मण्डलले भने यस्तै प्रकारका तालिमहरुबााट सहकारीहरुलाई दक्ष र शसक्त बनाउनु पर्नेमा जोड दिएका थिए ।
दुई दिने तालिममा प्रशिक्षकको रुपमा राष्ट्रिय सहकारी बैंकका तालिम प्रमुख सुर्य प्रसाद रिमाल रहनु भएको थियो भने उदघोषनमा राष्ट्रिय सहकारी बैंक शाखा लहानका शाखा प्रमुख समिर श्रेष्ठले गर्नु भएको थियो ।
तालिम राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय लहानको आयोजनामा संचालन भएको थियो ।
