शम्भु चाौधरी लहान २२ फाल्गुन । राष्ट्रिय सहकारी बैंक शाखा लहानले संचालन गरेको कर्जा तथा जोखिम व्यवस्थापन सम्बन्धि दुई दिने तालिम शुक्रबार लहानमा सम्पन्न छ ।
दिगो विकास लक्ष्य प्र्राप्तीका लागी सहकारी भने मुल नारका साथ संचालन भएको तालिममा सिरहाका बचत तथा ऋण सहकारी, कृषि सहकारी र लघुवित सहकारी गरी ३५ वटा सहकारीबाट जम्मा ३६ जनाको सहभागी रहेको तालिनमा सहभागी भएका रुद्र नारायण चौधरीले बताए ।

तालिम समापन्न समारोहका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक प्रदेश २ संयोजक विश्वनाथ मण्डलले गर्नु भएको थियो । प्रमुख अतिथिको आसनबाट मण्डलले भने यस्तै प्रकारका तालिमहरुबााट सहकारीहरुलाई दक्ष र शसक्त बनाउनु पर्नेमा जोड दिएका थिए ।
राष्ट्रिय सहकारी बैंक शाखा लहान सिरहाका अध्यक्ष संजय कुमार महतोको अध्यक्षता तालिम सम्पन्न भएको थियो । तालिमलाई समापन्न गर्दै अध्यक्ष महतोले भने तालिममा सिकेका अनुभवहरुलाई आफनो सहकारीमा लागु गर्दा राम्रो हुनेछ साथै प्रत्येक जिल्लामा सहकारी डिभिजन हुनै पर्नेमा जोड दिएको थिए ।
तालिममा एक सहभागी नविन चाौधरीका अनुसार यस तालिमबाट हामी एकदमै खुशी छौ, हामी धेरै कुरा जानीयौ पनि । यस्ता किसिमका तालिम बेला बखतमा भई राखे सहकारीहरुलाई कार्य संचालनमा टेवा पुग्ने थियो सााथै सहकारी बैंकबाट अझ पनि विभिन्न खाले तालिमको अपेक्षा पनि गरेको छु ।

दुई दिने तालिममा प्रशिक्षकको रुपमा राष्ट्रिय सहकारी बैंकका तालिम प्रमुख सुर्य प्रसाद रिमाल रहनु भएको थियो भने उदघोषनमा राष्ट्रिय सहकारी बैंक शाखा लहानका शाखा प्रमुख समिर श्रेष्ठले गर्नु भएको थियो ।
तालिम राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय लहानले संचालन गरेको थियो ।
