• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 25, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सुनवल नगरपालिकाको आठौ नगर सभा सम्पन्न

नेपाल पोस्ट दैनिक
    February 26, 2021  मा प्रकाशित

Spread the love
      

उर्मिला यादव फागुन १४ नवलपरासी। कृषि, पर्यटन , प्राकृतिक स्रोत, उद्योग र ब्यापार, समृद्ध सुनवलको बलियो आधार भन्ने मुल नाराका साथ पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको आठौ नगर सभा आज शुक्रबार एक कार्यक्रमका बिच सुनवलमा सम्पन्न भएको छ । सुनवल नगरपालिकाका नगर प्रमुख भिमबहादुर थापा क्षेत्रीको अध्यक्षतामा आठौ नगर सभा सम्पन्न भएको हो । कार्यक्रममा आर्थिक बर्ष २०७७।७८ को बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव प्रस्तुत गर्दै नगर उपप्रमुख दधिराम अर्यालले आर्थिक बर्ष २०७७ ।७८को पारित बजेट ८५ करोड ,४ लाख, ३३ हजार नौ सय ६४ रुपैयाबाट आकार बृद्धि गरी ९२ करोड, ६६ लाख , ७८ हजार चार सय २० रुपैया बनाइएको बताउनु भएको छ । उहाले आन्तरीक आय तर्फ नदीपदार्थको ठेक्का रकम तर्फ २७ दशमलव ९८ प्रतिशत प्रगति भएको बताउदै चालु खर्च तर्फ ३५.८५प्रतिशत , पुजीगत खर्च तर्फ २१.०६ प्रतिशत प्रगति भएको जानकारी दिनु भएको छ । उपप्रमुख अर्यालले पुजीगत खर्च तर्फका योजना तथा कार्यक्रमहरु संचालनका लागी उपभोत्ता समिती गठन भइ अधिकांश योजना तथा कार्यक्रमहरु संचालन भइरहेको बताउनु भएको छ । कार्यक्रममा बोल्दै उपप्रमुख अर्यालले सुनवल नगरपालिका दुग्ध पर्दाथ र मासुमा आत्म निर्भर भइसकेको र अन्नबालीमा पनि लगभग आत्मनिर्भर भएको हुदा दुध र मासु उत्पादनको पकेट क्षेत्रको रुपमा सुनवललाइ बिकास गर्नुपर्नेमा जोड दिनु भएको छ । उपप्रमुख अर्यालले ९५ प्रतिशत योजना सम्झौता भई सम्पन्न भईसकेको जानकारी गराउदै नगरपालिकाले ४ बर्षको बजेट बनाउदा धेरै उपलब्धी हासिल गरेको समेत बताउनुभएको छ । नगरका १३ वटै वडामा स्वास्थ्य केन्द्र स्थापना , ४ बर्षको अवधिमा ५८ किमि सडक कालोपत्रे गरेको उहाले जानकारी दिनुभयो । नगर उपप्रमुख अर्यालले सुनवल शिक्षामा लुम्बिनी प्रदेशमै १ नंम्बरमा परेको, न्यायिक क्षेत्रमा पनि नवलपरासीका ७ वटै स्थानिय तहहरु मध्ये सुनवल नगरपालिकाको न्यायिक समिति उत्कृष्ठ रहेको बताउनु भयो उहाले नगरका १३ वटै वडामा महिलाहरु सिप सिकि उद्यमी भएको बताउदै यदि नगरपालिकाले थप उद्योग स्थापना गरेमा यहाका महिलाहरु समेत उद्यमी भइ अघि बढन सक्ने बताउनुभयो । आठौ नगर सभामा सुनवल नगरपालिकाका विभिन्न विधेयकहरु पेश गरिएको थियो । सभामा नगरपालिकाको सार्वजनिक नीजि साझेदारी विधेयक, अटोभिलेज व्यवस्थापन विधेयक, कर्मचारी कल्याणकोष संचालन विधेयक, खानेपानी तथा सरसफाई उपभोक्ता समिति व्यवस्थापन विधेयक र औधोगिक ग्राम संचालन तथा व्यवस्थापन विधेयक पेश गरिएको थियो । विधायन समितिका संयोजक दुर्गा कोईरालाबाट सभा समक्ष ति विधेयक पेश गर्नुभएको हो । सो अवसरमा महिला ईलम उद्यम समिति संयोजक रमा शर्मा, नदिजन्य पदार्थ उपसमिति संयोजक थमन सिंह नेपाली, आर्थिक विकास समिति संयोजक कर्ण बहादुर सेन, सामाजिक विकास समिति संयोजक राजेन्द्र यादव, वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक यमलाल पाण्डे, सुसासन समिति संयोजक दशरथ कुम्हाल, न्यायिक समिति सदस्य अर्जुन सुनार, नगर प्रवक्ता कृष्ण देवकोटा लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा सुनवल नगरपालिका वडा नम्बर ४ का बालकृष्ण पंगेनी, गुन बहादुर बुढाथोकी, वडा नम्बर १० का खेमबहादुर पुनले राख्नु भएको जिज्ञासाको जवाफ नगर उपप्रमुख अर्यालले दिनु भएको थियो । कार्यक्रममा सुनवल नगरपालिकाका वडा अध्यक्षहरु , कार्यपालिका सदस्य ,जनप्रतिनिधी ,राजनितिक दलका प्रतिनिधी , बिभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑