सप्तरी (कुशहा ) ६ फागुन । सप्तरीको सुरुङ्गा नगर पालिका– ५ कुशहा स्थित रहेको मसिलाल जनता माध्यमिक बिधालयमा सरस्वती पूजाको अवसरमा आयोजना गरेका सांस्कृतिक कार्यक्रममा बिधार्थीहरुको अभिनय कला प्रस्तुति देखेर अभिभावकहरु खुशिले गदगद भएका छन् ।
माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ अर्थात सरस्वती पूजाको अवसरमा आज बिहिबार बिधालयमा आयोजना गरेका थिए । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाको अवसरमा सप्तरीको सुरुङ्गा नगर पालिका –५ कुशहा स्थित रहेको मसिलाल जनता माध्यमिक बिधालयमा सरस्वती पूजाको अवसरमा बिधार्थीहरु विभिन्न किसिमको संस्कृतिक कार्यक्रमको आयोजना गरि मनाएका छन् ।
कार्यक्रममा विभिन्न किसिमको नृत्य, हास्यव्यग, चुटकिला जस्ता कलाहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको उद्घोषण बिधालयका शिक्षक श्याम शंकर साह तथा शिक्षिका चन्द्रकला खनालले गरेका थिए । कार्यक्रममा बिधालयका शिक्षक भागवत ठाकुर, सोभित कुमार पासवान, गिता श्रेष्ठ लगायत सम्मपूर्ण शिक्षक , शिक्षिका तथा अभिभावकहरुको समेत उपस्थित रहेको थियो ।
कार्यक्रममा प्रथम, द्धितिय तथा तृतिय हुने बिधार्थीहरुका लागि बिधालयले पुरुस्कारको समेत व्यवस्था गरेको बिधालय प्रशासनले जनाएका छन् । पुरुस्कार वितरण बिधालयका प्रधानाध्यापक हंस नारायण मेहताले गरिएको छ ।