शम्भु चौधरी लहान २८ , भदौ । रजक सेवा समाज गुरुपले सामाजिक कार्यमा निश्वार्थ सहयोग गर्दै आईरहेकोमा सिरहाका एक संस्थाले शनिबार भारतको भुमिहिन, गरिब , पिडित एक जना घरपरिवारलाई आर्थिक सहयोग गरेको छ ।
भारतको मधुवनी जिल्ला बिहार कुमरखत पुर्नि पञ्चायत वाड नं. २ महुलीया टोलका रामपुकार साफिलाई आर्थिक सहयोग गरेको संस्थाका संस्थापक हरेराम साफिले जानकारी दिनुभयो । चार छोरी र एक छोरा भएको पिडित साफीको आर्थिक अबस्था कमजोर रहेको कारण बालबालिकालाई पठन पाठनमा सहयोग पुग्ने उदेश्यले घरमुलीका साथै उनका बालबालिकाहरुलाई लताकपडा , नगद नेपाली रु २० हजार सहयोग गरेको हो ।
पिडित साफिले भने करिब १५ दिन भयो छोराको उपचारमा ३ लाख भन्दा बढी खर्च भएको २७ दिन नपुग्दै एउटा मेरो दुधे बालक बाचेन त्रृmण कर्जा भैसकेको छ साफीले दुखेसो पोख्नु भयो । यो सहयोगको पैसाले केही राहत मिल्ने भन्दै खुसी ब्यक्त यरेका छन ।
नौ जना सदस्य रहेको साफिले परिबारको पेट पाल्नका लागी दैनिक रुपमा मजदुरी गरिरहेका छन । दलित समुदाय अन्तर्गत धोबी जातिलाई उत्थान गर्न रजक सेवा समाज गुरुपले बिगत २०१९ देखि निश्वार्थ रुपमा बिभिन्न खालका सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।
मलेशिया , कतार , दुबई , साउदी लगायत अन्य देशमा रहेको बैदेशिक रोजगारमा गएका धोबी समुदायको युवाहरुको आर्थिक सहयोगमा गरुपले नेपाल , भारतमा बिभिन्न किसिमको सामाजिक कार्यहरु गर्दै आईरहेको संस्थापक साफीले जानकारी दिएका छन ।
