प्रदेश २ · मुख्य समाचार

सिरहामा आगलागी ३५ लाख बराबरको समान नष्ट

सिरहा २ मंसिर  । सिरहाको बिष्णुपुर गाउँपालिका वडा न १ बिष्णुपुर चौकमा रहेको शुभ लक्ष्मी जनरल स्टोरमा आगलागी भएको छ। जनरल स्टोरमा आगो विद्युत सट भएर लागेको हुन सक्ने प्रोपराइटर बिनोद कुमार यादवले जनाएको हो। स्टोरमा केही नगद सहित करिब ३५ लाख बराबरको समान रहेको जनाएको हो।

फैन्सी र कोसमेटिक आइटमका समानहरु रहेको सो स्टोरमा सबै जलेर नष्ट भएको जनाए।