समाचार

सप्तरीमा लुकाईछुपाई ल्याउदै गरेको लागुऔषधी पक्राउ

सप्तरी , १७ भदौ । सिलिण्डरको पिँध काटेर बनाइएको प्वालभित्र लुकाएर ल्याउँदै गरेको अवैध लागुऔषधसहित पक्राउ सप्तरीका अशोककुमार यादव पक्राउ परेका छन ।

पक्राउ पर्नेमा राजगढ गाउँपालिका ६ का ३८ वर्षीय अशोक यादब रहेका छ्न । सिलिण्डरभित्र लुकाई छिपाई अवैध रूपमा ल्याएको एक सय मिली लिटरको एक सय ४० बोतल डाइलेक्स डि.सी.सिरप लागुऔषध फेला परेको छ ।

पर्वलाई लक्षित गरि सादा पोशकमा खटिएका प्रहरीले राजविराज नगरपालिका १६ स्थित बागेश्वरी मन्दिरको बाटो हुँदै बजार प्रवेश गरिरहेको मोटरसाइकललाई खानतलासी गर्दा सो परिणाम भेटिएको हो ।

मंगलबार पत्रकार सम्मेलन गरी सार्वजानिक गर्दै यादवलाई लागुऔषध ओसारपसार मुद्दामा कारवाही थालिएको डीएसपी मकेन्द्रकुमार मिश्रले बताए।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।