समाचार

अवैध रुपमा लगाएको गाँजा खेती नष्ट

धादिङ, १२ भदौ गजुरी गाउँपालिका-४ गैरी गाउँस्थित करिब २ सय ५० रोपनी जग्गामा अवैध रुपमा लगाएको गाँजा खेती बुधबार प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राज कुमार बैदवारको नेतृत्वमा खटिएको प्रहरी टोलीले संचारकर्मी तथा स्थानीय बासिन्दाको सहभागितामा उक्त गाँजा खेती काटी उखेली नष्ट गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।