नरेन्द्र महताे / गाैशाला ३१ भदौ सिरहा जिल्लाकाे धनगढीमाई नगरपालिका १ मेदनी पुलमा वुधवार मोटरसाइकल दुर्घटना हुँदा दुर्घटनामा एक जनाको मृत्यु भएकाे हो ।आज विहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेके को २२ प २९४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाको श्री बक्स गुल्म अठुङ्गे ब्यारेक म्याग्दीमा कार्यरत जमदार पेशल पाण्डेको मृत्यु भएकाे प्रहरीले जनाएको छ ।
मृतक पाण्डे मोटरसाइकलमा एक्लै सवार थिए । मोटरसाइल तिब्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको जनाएकाे छ । मृतक पाण्डे खोटाङको हौचुरे गाउँपालिका ५ का हुन् ।
सम्बन्धित खबर
नेपालमा पहिलो नरहा गाउँपलिकामा अनौपचारिक शिक्षा तथा आजीवन सिकाइ सञ्चालन व्यवस्थापन कार्यविधि–२०८३’पारित
सर्प टोकाइबाट पीडितलाई उपचारका लागि समाजसेवी यादवद्वारा दस हजार सहयोग
स्वर्गीय प्रदीप गिरिको चौथो स्मृति दिवसमा बृक्षारोपन कार्यक्रम
वस्तीपुर माविमा नवनिर्मित ४ कोठे भवनको मेयर चौधरीद्वारा उदघाटन
समाजसेवी यादवद्धरा २ सय २५ घरपरिवारलाई झुल वितरण
