नरेन्द्र महताे – गाैशाला ५ भदौ – मोहोतरी गौशाला नगरपालिका मेयर शिवनाथ महतोको प्रमुख विपक्षि उम्देवार रामकुमारी महतोले आफ्नो निजी लगानीमा थालेको सामुदायिक भवनको छत ढालेकी छिन् । गौशाला नगरपालिका–१२ कान्तिबजार परोरिया गाउँमा करीब १५ लाख लागतमा उनले भवन निर्माण गरिरहेकी छिन् ।
उनले ईटा, सिमेन्ट, रड प्रदान गरेपछि गाउँलेले श्रमदान गरेर भवन निर्माण गरिहेको स्थानीयहरुले जनाएका छन ।उक्त सामुदायिक भवनको नाम ‘बासुकीनाथ धर्मशाला’राखिएको छ ।गाउँमा सार्वजनिक भवन नहुँदा सभा–सम्मेलन गर्न, बराती, पाहुना राख्न समस्या हुँदै आएको थियो ।
जनता समाजवादी पार्टीकी नेतृ महतो चुनावमा पराजी भएपनि जनताको सेवा दिन रात लागि परहेकी छिन्। सेवा नै धर्म हाे महताेले भनिन,।
सम्बन्धित खबर
राष्ट्रिय धर्म सभा दिवस, धार्मिक तथा सांस्कृतिक संरक्षणमा जोड
गोलबजार नजिक गागन खोलामा भेटिए एक महिलाको शव
मधेशका ८ वटै जिल्ला प्रहरी कार्यालयलाई नयाँ पिकअप भ्यान
नेपालमा पहिलो नरहा गाउँपलिकामा अनौपचारिक शिक्षा तथा आजीवन सिकाइ सञ्चालन व्यवस्थापन कार्यविधि–२०८३’पारित
सर्प टोकाइबाट पीडितलाई उपचारका लागि समाजसेवी यादवद्वारा दस हजार सहयोग
