प्रदेश २ · मुख्य समाचार

जाेतिप्रकाश जाेशीकाे टिम बिक्रम थापा बचाउ अभियानमा,

उत्तम कुमार थापा बझाङ ३२ श्रावण –धनगढीमा रहेका जाेतिप्रकाश जाेशीकाे टिम बिक्रम थापा बचाउ अभियानमा लागेको छ । नेपाली काङ्ग्रेसका नेता बिक्रम थापा व्लडक्यानसर पिडित भएको लामाे समय भएको छ । थापा विगत लामो समयदेखि हस्पिटलमा उपचार गराउदै अाउनुभएकाे तपाईं हामीलाई थाहा नै छ ।

खप्तड छान्ना गाउँपालीका वडा नम्बर ६ पाटा देवलकाे तिहुने घर भएका बिक्रम थापा नेपाली काङ्ग्रेसका जुजारु युवा नेता र महाधिवेशन प्रतिनिधि सदस्य पनि हुन । उनलाई व्लडक्यानसर भएको थाहा पाएपछि हस्पिटलमा उपचार हुँदै अाएकाे थियाे भने अाज भाेली थापा उपचारमा रहेका छन ।

अस्पताल भर्ना भएका नेता थापाकाे उपचार भैईरहेकाे हुदा अार्थिक अभाव देखिएकाेले धनगढी बाट पुर्व बझाङ जिल्ला नेपाली काङ्ग्रेसका सदस्य समेत रहेका युवा नेता जाेतिप्रकाश जाेशीकाे टाेली अार्थिक सँकलनका लागेको र थापालाई बचाउ अभियान सञ्चालन गरेको जाेशीकाे भनाइ छ । उनका अनुसार थापा बचाउ अभियान सञ्चालन गर्दै नेपाली काङ्ग्रेसका नेताहरु शमशेर कुमार बम,दयाराम राेकाया ,शिक्षक उमेश राेकाया ,कृष्ण बिष्ट राम बहादुर सिह,लगाएत माेतुवा लगाएतका शुभचिन्तकहरु लागपरेकाे जाेतिप्रकाश जाेशीले बताए ।

बिक्रम थापा बचाउ अभियानमा दिल्लीबाट बझाङ भारत सम्पर्क समितिका अध्यक्ष दयाराम राेकायाकाे नेतृत्वमा बैठक बसी अागामी दिनमा अार्थिक सँकलन गर्दै सबैले अा अाफ्नाे स्थान बाट सहयाेग गर्न अाग्रह गरिएको छ । तपाईंको सानाे सहयाेगले कसैकाे जिन्दगी बच्छ भने सहयाेगकाे भावनामा अगाडि बढ्न टाेटीले अाग्रह गर्दै अाएकाे छ । जाेशीकाे टाेलीले यश अघि केदारस्युकाे मल्लेसी मष्टा देखि विभिन्न ठाउमा सहयाेग गरेका हुन ।