प्रदेश २ · मुख्य समाचार

रौतहटमा कुशल सिडियाेको रुपमा यादवको पदभार ग्रहण   

    महेश सिंह सिरहा ३० श्रावण –  रौतहटको प्रमुख जिल्ला अधिकारीको रुपमा मधेशी समुदयाका ईन्द्रदेव यादवको आगमन संगै जिल्लावासीमा खुसीयाली छाएको छ ।

रौतहटमा प्रदेश नं. २ को सिरहा जिल्ला निवासी ईन्द्रदेव यादव आज प्रमुख जिल्ला अधिकारी रुपमा पदभार ग्रहण गर्नु जिल्लावासी उत्साहीत बनेको हो । प्रजिअ ईन्द्रदेव यादव, जो नेपालको निजामीत सेवामा अवल र अग्रपंतीमा उभिएको चेहरा हो । मधेशी युवाहरुको मार्गदर्शकको रुपमा अगाडी रहेको ईन्द्रदेव यादव २०६२ सालमा स्वास्थ्य सेवाको हेल्थ असिस्टेन्टको पदबाट सरकार सेवा शुरुआत गर्नु भएको हो ।
सिरहा जिल्लाको बरियार पट्टी गाउँपालिका कजरा झिजैल निवासी ३९ वर्षिय ईन्द्रदेव यादव २०६९ सालमा नेपाल सरकारको निजामती सेवाको शाखा अधिकृत पदमा नेपाल टप गर्न सफल भई कडा मेहनत र लगनसिलताबाट वि.स. २०७५ सालमा उपसचिव र २०७७ सालमा सह—सचिव भई आज रौतहट जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा पदभार ग्रहण गर्नु भएको हो ।
नेपालको ईतिहासमा प्रमुख जिल्ला अधिकारीको पदमा सधै पहाडी वर्गाको हावी रहदैँ आएको अवस्थामा वि.स. २०६३ सालको मधेश आन्दोलन पछि मधेशी समुदायका नागरिकहरुलाई पनि विभिन्न सरकारी सेवाको उच्च पदमा प्रवेश गरे संग प्रमुख जिल्ला अधिकारी पदमा पनि केही मधेशी समुदायका व्यक्तिहरुको पहुचले सवै मधेशी समुदाय उत्साहित बनेका छन् ।