प्रदेश २ · मुख्य समाचार · समाचार

स्थानिय निकायकाे सरकारले अा अाफ्नाे कमिसन र भत्तामा लागेकाे कारण वडा वडामा विकास नभएकाे स्थानियहरुकाे गुनासाे

नरेन्द्र महताे ,गाैशाला ,मोहोतरी २५ श्रावण –महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिका वडा न.४ खेश्राहाकाे अाउने जाने बाटाे झिर्ण अवस्था रहेकाेमा स्थानियहरुले गुनासाे गरेका छन ।देशमा तीन तहकाे सरकार भए पनि स्थानिय गाउँ ठाउँमा सडककाे अवस्था पहिलेकाे भन्दा निकै झिर्ण अवस्थामा रहेकाे छ । स्थानिय निकायकाे सरकारले अा अाफ्नाे भत्ता र कमिसनमा व्यस्त रहेकाे कारण सडक बन्न नसकेकाे उनिहरुका अाराेप रहेका छन ।संघिय सरकारले स्थानिय तहलाई अधिकार दिए पनि विकासकाे काममा यस पालिकाकाे वडाका जनताहरुलाई निकै सास्ति बेहाेर्नु परेकाे छ ।विधालय विद्यायकाे मन्दिर भए पनि वालवालिकालाई विधालय जान निकै कठनाई भए पनि जनप्रतिनिधिहरुले कुनै चासाे नराखेकाे कारण अभिभावकहरुले चिन्तित बनेका छन ।यति मात्र हाेईन यसकाे वरिपरि फाेहर फाेहरै रहेकाेले विधार्थीहरु जाेखिम उठाएर विधालय जान बाध्य रहेका छन तर हामिहरु पटक पटक गाउँपालिका अध्यक्ष राज कुमार यादव र वडा अध्यक्ष राम वलि रायलाई वाेलाएर भने पनि गाउँलेकाे कुराकाे कुनै वास्ता नराखेकाे कारण गाउँमा प्रवेश गर्ने सबै बाटाेहरु अवरुध भए संगै दुर्गन्धले गर्दा महामारिकाे समस्या अाउने सक्ने शंका बढदै गईरहेकाे राम प्रताप यादवले जनाएका छन ।वडा अध्यक्षले अाफ्नाे घरकाे परिपरिकाे सडक ढलान गरे पनि विधालय जाने वाटाेमा किन ढलान नगरकाे गाउँलेहरुले प्रति प्रश्न गरे? उता गाउँपालिकाले सत्तरी लाख वजेट दिएकाे थियाे त्यस् वाट १४ लाख रकम सडक बनाउनकाे लागि छुटयाईकाे भए पनि काेराेना भाईरसमा ७ लाख रुपयाँ दिनु परेकाे कारण सडक बन्न नसकेकाे वडा अध्यक्ष राम वलि यादवले स्पष्ट पारे ।प्रतिपक्षले जति अराेप लगाएकाे छ त्याे सबै अाराेप निराधार रहेका छन यस पालि वडामा रहेका जति हिल्लाेहरु छन बजेटले भ्याए सम्म सबै सडक बनाउने वडा अध्यक्ष यादवले प्रतिवद्वता जनाए।