महेश सिंह सिरहा १४ श्रावण – सिरहाको लहानमा नेपाल सुन-चाँदी व्यवसाय महासंघले ७ औं साधारणसभा धुमधामको साथ सम्पन्न गरेको छ । साधारणसभाले अगामी कार्यकालको लागि सर्वसहमतीले ११ कार्य समिति सदस्य समेत चयन गरेका छ्न । नेपाल सुन-चाँदी व्यवसाय संग आबद्ध बिकाश शारडा निर्विरोध अध्यक्ष पदमा निर्वाचित भएका छन ।
निर्वाचित शारडा विभिन्न संघ संस्थाको बिगतमा पनि प्रमुखको जिम्मेवारी समालदै आएका हुन् । शारदा नेपाल सुन चाँदी व्यवसाय महासंघ प्रदेश कार्य समिती का प्रदेश सदस्य समेत रहेका छन्। शारदा धार्मिक र सहयोगि ब्यक्ती र समाजसेवी हुन् । बिकास बिगतको बर्षहरुमा मठ ,मन्दिर र धार्मिक कामहरुमा आर्थिक सहयोग समेत गरेका हुन । सिटी जेसिज लहानका नब निर्वाचित अध्यक्ष वसन्त साहले दिएको जानकारी अनुसार सानै उमेर देखि नै ब्यापारमा लागेका बिकास आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका शाहले बताए ।
सम्बन्धित खबर
लक्ष्मीनीया आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन
आज १५०१ औँ मोहम्मद जयन्ती मनाइँदै
राष्ट्रिय धर्म सभा दिवस, धार्मिक तथा सांस्कृतिक संरक्षणमा जोड
गोलबजार नजिक गागन खोलामा भेटिए एक महिलाको शव
मधेशका ८ वटै जिल्ला प्रहरी कार्यालयलाई नयाँ पिकअप भ्यान
