सूचना-प्रविधि

कलिला वैज्ञानिक तनमय चौधरी : डेढ वर्षदेखि जेट इन्जिन बनाउँदै

धनगढी साउन २५,  जब मान्छेको सोच र जोश सिर्जनशिल हुन्छ, तब उसले अनेकन असफलतालाई मात दिँदै नयाँ सिर्जना दिन थाल्छ । र नयाँ–नयाँ खोज र आविष्कारको जन्म हुन्छ ।

त्यही सिर्जनशिल सोचलाई ‘जोश’मा परिणत गरेका धनगढी उपमहानगरपालिका–५ तारानगरका १९ वर्षीय तनमय चौधरी कलिलै उमेरदेखि नै एकपछि अर्को नयाँ–नयाँ वैज्ञानिक आविष्कार सिर्जना गर्दै आएका छन् ।

आफ्नो बाल्यावस्था सुनाउँदै तनमयले भने, ‘कक्षा ६ मा पढ्थें । खेलौनाका रुपमा हेलिकप्टर किनेको थिए । खेल्ने क्रममा त्यसको पार्टपूर्जा झिकेर ड्रोन बनाएर उडाएँ । घरमा पुरानो साइकल थियो, त्यसको पार्टपूर्जालाई नयाँ रुपमा ढाल्दै ब्याट्रीबाट चल्ने बनाएँ । खेल्ने क्रममै रोबोट पनि बनाएको थिए ।’

तनमयको आविष्कारको यात्रा रफ्तारमा गुडिरहेको छ । उनी हालसम्म २० भन्दा बढी नयाँ–नयाँ यन्त्र उपकरणको सिर्जना गरिसकेको बताउँछन् । विज्ञानप्रतिको रूचीले उनलाई मेकानिकल इञ्जिनीयरिङतर्फ डोहोर्‍याउँदै लगेको छ ।

धनगढीस्थित एक्सिस विद्या आश्रममा कक्षा ९ मा पढ्दै गर्दा उनले ९ महिना लगाएर ‘इजी कार्ट’ नामाकरण गरिएको ३ पाँग्रे मोटर गाडी सार्वजनिक गरेका थिए । जसमा उनलाई सुरुवाती आविष्कारका यन्त्रमा भन्दा बढी सफलता मिलेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।