• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

विद्यार्थी आकर्षित गर्न विदेशी नाम !

नेपाल पोस्ट दैनिक
    August 10, 2019  मा प्रकाशित

Spread the love
      

सरोज महतो काठमाडौँ २५ साउन । पेन्टागन भन्नासाथ विश्वभरिका मानिसले बुझ्छन्– अमेरिकी रक्षा मन्त्रालय । नेपालमा पेन्टागनको परिभाषा बेग्लै छ अर्थात् पेन्टागन इन्टरनेसनल कलेज ।

अन्तरिक्षमा यान प्रक्षेपण गर्ने अमेरिकी संस्थाका रूपमा चर्चित नासाको नामसमेत प्रयोग गरी शिक्षण संस्था सञ्चालन गरिएको सम्भवतः नेपालमा मात्र हुनुपर्दछ । विद्यार्थी शैक्षिक गुणस्तरप्रति हेक्का राख्दैनन् । बरु विदेशी नामकरण गरिएका शिक्षण संस्थाप्रति हुरुक्कै हुन्छन् भन्ने सोचअनुरूप विदेशी नामधारी शिक्षण संस्था खोल्ने प्रवृत्ति बढेको छ ।

शिक्षा नियमावलीमा विदेशी नाम भएका शिक्षण संस्था खोल्न नपाइने भनिए पनि नियमन निकायले त्यसप्रति बेवास्ता गर्दा जथाभावी नामकरण गरिएका शिक्षण संस्थाले अनुमति पाएका छन् । सेन्ट लरेन्स, ह्वाइट फिल्ड (जर्ज), सेन्ट जेभियर्स पादरी हुन् र उनीहरूका नाममा नेपालमा विद्यालय सञ्चालित छन् ।

अमेरिकाको दोस्रो ठूलो राज्य टेक्सास, उत्तर र अमेरिकाको बीचमा रहेको भूभाग एवं सामुद्रिक क्षेत्र क्यारेबियन, अमेरिकामा रहेको सहर प्रिन्सटन, अमेरिकाको न्युयोर्कमा रहेको सहर ब्रुकलिन, अमेरिकी संसद् भवन क्यापिटोल, अमेरिकी सहर ग्रिनफिल्ड आदि नाम प्रयोग गरी उपत्यकामा शिक्षण संस्था सञ्चालित छन् । बेलायतको फुटबल क्लब लिभरपुलदेखि अमेरिका पत्ता लगाउने इटालियन नागरिक कोलम्बससम्मको नामलाई नेपालका शिक्षण संस्थाका सञ्चालकहरूले प्रयोग गर्न बाँकी राखेका छैनन् ।

किङ क्याम्प जिलेटले दारी काट्ने उपकरण (रेजर) उत्पादन गरे र उनकै नामबाट रेजर प्रख्यात छ । रेजरको नाम प्रयोग गर्न समेत शिक्षण संस्थाका सञ्चालकहरूले सङ्कोच मानेका छैनन् । ओस्कार वाइल्डको नाममा राखिएको अन्तर्राष्ट्रिय चलचित्र पुरस्कार ओस्कारको नामबाट नेपालमा शिक्षण संस्था खोलिएको छ ।

बेलायतमा रहेको अन्तर्राष्ट्रिय समय जनाउने स्थान ग्रिनविचलाई पनि नेपालीले शैक्षिक संस्थाको नाम राख्न छाडेका छैनन् । चुस्त घोडा अर्थात् मोर्गन पनि नेपालमा शिक्षण संस्थाको नाम बनेको छ । अमेरिकाको विश्वविद्यालय साउथ वेस्टर्नको नाम नक्कल गर्न पनि शैक्षिक संस्थाका सञ्चालकहरू अग्रसर देखिएका छन् ।

ओलम्पिक खेलको सुरुवात भएको ग्रीसको ओलम्पिया पनि हाम्रा शिक्षण संस्थाका नाम बनेका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑