महोत्तरी १४ असार।प्रदेश सञ्चार विधेयक प्रदेश २ मा सर्वसम्मत पारित भएको छ । झण्डै दुई वर्ष अघि प्रस्तुत भएको विधेयक प्रदेश सभाबाट शनिबार पारित भएको हो ।करीब दुई वर्ष प्रदेश सभामा प्रस्तुत भएको विधेयक संचारकर्मीहरुको विरोधले अड्किएको थियो तर शनिवार केही संशोधनपछि प्रदेश सभाबाट पारित भएको हो ।
प्रदेश सरकारले सदनमा प्रस्तुत गरेको सञ्चार विधेयकमाथि संचारकर्मीहरुले विरोध जनाएपछि केही दफामा संशोधन गर्दै संचार विधेयकलाई पारित गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिनुभयो ।
प्रदेश सरकारले शुरुमा ल्याएको विधेयकमा गलत सूचना प्रवाह गर्ने संचारमाध्यम तथा संचारकर्मीलाई ५० लाखदेखि १ करोडसम्म जरिवाना गर्ने प्रावधान समेटिएको थियो । उक्त व्यवस्थाको चौतर्फी विरोध भएपछि केही धारामा संशोधन तथा केही धाराहरु नै हटाइएको कानूनमन्त्री यादवले जनाउनुभयो । कानुन मन्त्री यादवको अनुसार विधेयकबाट ५० लाखदेखि १ करोडसम्म जरिवानाको व्यवस्थालाई हटाएर १० देखि २० हजारसम्म जरिवाना कायम गरिएको हो ।
यसैबीच संचारकर्मीसंग आबद्ध संघ संगठनहरुले आफूहरुसंग कुनै छलफल नै नगरी पारित गरिएको संचार विधेयक पारित गरिएको प्रति आपति जनाएका छन ।नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहनले विषयगत संघ संगठहरुसंग कुनै समन्वय नगरी ल्याइएको विधेयक संचार विरोधी रहेको भन्दै आपति जनाउनुभयो । उहाँले प्रेस काउन्सीलद्वारा ऐन अनुसार नै संचार विधेयकमा पनि व्यवस्था गरी मिडिया मैत्री विधेयक ल्याउनुपर्नेमा जोड दिनुभयो ।
प्रदेश न. २ काे सरकारले पत्रकारलाई दस देखि बीस हजार जरिवाना कायम , संचारक्रमि द्वारा आपति
Admin
•
