१३ असार । तान्जेनियामा एक व्यासायि दूई वटा ट्यान्जेनाइट पत्थर बेचेर एक रातमै करोडपति भएका छन् । खानीको सानो व्यापार सञ्चालन गर्दै जीवनी चलाइरहेको सनिनु लाजर नाम गरेको व्यक्तिले दूई वटा ट्यान्जेनाइट पत्थर बेचेर एक रात मै कराडौँ कमाएका हुन् ।दूई वटा पत्थरको तौल करिब १५ केजी रहेको जनाइएको छ । यस्ता प्रकारका पत्थर उत्तरी तान्जेनियामा मात्र उपलब्ध हुने गर्दछ । ट्यान्जेनाइटको प्रयोग गहना बनाउन हुने गर्दछ । उक्त पत्थर विरलै पृथ्वीमा पाइने गर्दछ । एउटै पत्थरमा विभिन्न प्रकारको रङ देखिने जनाइएको छ । तान्जेनिया कति धनि रहेको छ भन्ने विषय यस पत्थरको मूल्यले सावित गरेको छ । आफूले यस्ता प्रकारको डूङा पाउनु निकै भाग्यशाली रहेको बताएका छन् । उनको चार वटा पत्नी र ३० छोराहरु रहेको जनाइएको छ । उनीहरुले पत्थर बेचेको खुशीमा भोजको अव्हान गरेका छन् । उनले उक्त रकम आफ्नो समूदायको विकास निर्माणमा खर्च गर्ने जनाइएको छ ।
सम्बन्धित खबर
प्रथम करमनेश्वर हरियाली गोल्ड कप २०८३ सुरु
तेस्रो अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन
लहान ११ मा एक दिने मधुमेह परीक्षण शिविर सम्पन्न
समाजसेवी यादवद्वारा नवराजपुर गाउँपालिका भरीमा १२ सय झुल वितरण
लहान–१२ भोटियाटोल चौकमा ‘घोङ्हि’ होटलको विस्तार, मिथिला र थारू परिकारको स्वाद एकै ठाउँमा
