नरेन्द्र महतो गौशाला ६ चैत।महाेत्तरी जिल्लाकाे सम्सी नाकामा सम्सी गाउँपालिका द्वारा संचालित काेराेना भाईरस सम्बन्धमा हेल्प डेक्स स्थापना गरेका छन ।
चैत्र १ गते देखि ४ गते सम्ममा चार सय भन्दा बढि व्यक्तिलाई जाँच गरेकाे तर कसैमा काेराेनाकाे लक्ष्ण फेला नपरेकाे स्टाप नर्स रींकु कुमारी यादवले जनाईन । सम्सी नाका खुल्ला सिमाना भएकाेले विशेष निगरानि गर्नु परेकाे छ र आव जावत गर्ने व्यक्तिहरुलाई माक्स अनिवार्य लगाउन सल्लाह पनि दिने गरेकाे छु र काेराेना बाट बाँच्ने उपायकाे बारेमा आफुले जतिजानेकाे छु त्यति अावत जावत गर्ने व्यक्तिलाई सुझाब दिने गरेकाे यादवले वताईन ।
याे विहान सात बजे देखि एक वजे सम्म र दिउँसाे दुई बजे छ वजे सम्म जाँच गर्ने गरिन्छ । काेराेना भाईरसकाे सम्मबन्धमा गाेष्ठि र तालिम दिएर पठाएकाे भए अरु प्रभावित हुने थियाे तर सम्बन्धित निकायले यसाे नगरेकाेमा आफैमा अन्याेल भईरहेकाे उहाँले बताईन ।तर जे भए पनि विना हाथ हथियारकाे हेल्प डेक्स राखेकाेमा आम नागरीक चिन्ता व्यक्त गरेका छन ।जाँचने समान मध्ये बाट एउटा मात्र थर्मामिटर रहेकाे छ ।साधारण कुनै प्रकारकाे औषधि,वि पि स्टुमेन्ट र प्रयाप्त मात्रमा माक्स पनि नरहेकाेमा आम जनताहरुले गुनासाे गरेका छन ।