देश बाहिर

अमेरिका-चीन ब्यापार युद्ध रोकियो

काठमाडौं १५ असार,  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच ब्यापारिक मुद्दामा नयाँ शिराबाट वार्ता गर्ने सहमति भएको छ ।

यसले विश्वका दुई शक्तिशाली देशबीच जारी ब्यापार युद्ध तत्कालका लागि कम भएको मानिएको छ ।

जी-२० शिखर सम्मेलनमा भाग लिन जापानको ओसाका पुगेका ट्रम्प र शी जिनपिङबीच शनिबार भेटवार्ता भएको थियो । यो भेटलगत्तै अमेरिका र चीन व्यापार वार्ता फेरि थाल्न सहमत भएका हुन् ।

यो सहमतिसँगै विश्वले आर्थिक मन्दीबाट केही राहत पाउने आश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।